मुख्य समाचार
बारको चेतावनी– दुई तिहाइको सरकारले संविधानमा प्रहार गरे पोजिसन लिन्छौं
बारको चेतावनी– दुई तिहाइको सरकारले संविधानमा प्रहार गरे पोजिसन लिन्छौं

। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक शृंखला रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एशोसिएशन कानुन व्यवसायी महलिाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले विगतका दृष्टान्तहरू प्रश्तुत गरे ।




साथै, उनले नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिएपनि संविधानवाद मिचिएमा कडा कदम चाल्ने चेतावनी पनि दिए ।

‘जब दुई तिहाई सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ । नेपाल बार एशोसिएशन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलापहरु संविधानवाद र कानून अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ,’ उनले भनेका छन् ।




२०१५ सालमा दुई तिहाईको प्रधानमन्त्री बनेपछि बीपी कोइरालाको सरकारले कानूनको स्नातक (ल र्ग्याजुएट) नभएको भन्दै हरिप्रसाद प्रधानलाई हटाएर भगवतीप्रसाद सिंहलाई ल्याएको, २०१७ सालमा कांग्रेसबाट नियुक्त भएका न्यायाधीशहरूलाई पदमुक्त गरी जेल हालिएको र २०४८ सालमा कांग्रेसको बहुमत आउँदा शाखा अधिकृतमा फेल भएकालाई पुनरावेदनको न्यायाधीश र पास भएकालाई त्यही बेन्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरिएको इतिहास स्मरण गराए ।

त्यसैगरी, २०७४ सालको दुई तिहाइ बहुमतको सरकारले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाटै वञ्चित गरेर घर पठाएको घटनालाई ‘ताण्डव’को संज्ञा दिए । उनले यस्ता क्रियाकलाप अब न्यायपालिकामा दोहोरिन नहुनेमा जोड पनि दिए ।

‘यो सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो । तर संविधानवाद र कानुनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ । त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो,’ उनले भनेका छन् ।

विगतका आन्दोलनहरूमा बारले ठूलो मूल्य चुकाएको स्मरण गर्दै उनले ल फर्महरू जलाइएको, बारको भवनमा बम पड्काइएको र आगजनी गरिएको अवस्थाबाट उठेर बार अहिलेको अवस्थामा आइपुगेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । ...
। हुम्लाको उतरी नाम्खा गाउँपालिकाकाे विभिन्न स्थानमा हिमपात भएकाे छ। दक्षिणी क्षेत्र अन्तर्गत सर्केगाड,चंखेली,अदानचुली, ताँजाकाेट लगायत स्थानमा भने वर्षा भएकाे छ। उच्च स्थान नाम्खा गाउँपालिकाका चाला, यारी,याल्वाङ, मुचु, हिल्सा,लिमिका तिल,जाङ, हल्जी, केर्मी, हेप्का र ताङ्गिन लगायतका स्थानमा हिमपात भएकाे छ । सदरमुकाम सिमकाेटका उच्च स्थानमा पनि हिमपात भएकाे छ। नाम्खा गाउँपालिका लिमी क्षेत्रमा बिहानैदेखि हिमपात भएकाे नाम्खा ...
। जेनजी आन्दोलनका बेला भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एकजना थुनुवा शुक्रबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकाश रुम्बालाई पक्राउ गरेको जनाएको छ । रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ–१ की निर्वाचित सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया दिएकी छन् । धादिङका १३ स्थानीय तहले सार्वजनिक गरेको संयुक्त वक्तव्यको शुक्रबार फेसबुकबाट प्रतिवाद गर्दै आशिकाले आफ्नो धारणा पनि दिएकी छन् । ‘​धादिङका १३ वटै स्थानीय सरकारका प्रमुख–अध्यक्ष ज्यूहरूले हालै जारी गर्नुभएको संयुक्त विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण ...
मध्यपूर्वमा जारी द्वन्द्वले अब विश्व अर्थतन्त्रमै गम्भीर झट्का दिन थालेको छ । अमेरिका र इजरायलको बमबारी भोगिरहेको इरानले छिमेकी मुलुक कतारको रास लफान इन्डस्ट्रियल सिटीमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट केवल विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ । यति मात्रै होइन यसले एउटा यस्तो श्रृंखलाबद्ध असर सुरु गरेको छ जसको प्रभाव वैश्विक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम