मुख्य समाचार
माल्दिभ्समा आयोजना हुने साफ यू-२० को उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-२० पुरुष राष्ट्रिय फुटबल टोली माल्दिभ्स जाँदै
माल्दिभ्समा आयोजना हुने साफ यू-२० को उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-२० पुरुष राष्ट्रिय फुटबल टोली माल्दिभ्स जाँदै

। यही मार्च २३ देखि माल्दिभ्समा आयोजना हुने साफ यू-२० को उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-२० पुरुष राष्ट्रिय फुटबल टोली माल्दिभ्स जाँदैछ ।

अधिकांश यसअघि उमेर समूहबाटै खेलेका खेलाडी रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नै निरन्तर छन् भने धर्मेन्द्र कुँवर नयाँ कप्तान बनेका छन् ।

समूह ए मा रहेको नेपालले घरेलु टोली माल्दिभ्ससँगै भुटान र श्रीलंकासँग खेल्नेछ । यस्ते साविक विजेता भारत, बंगलादेश र पाकिस्तान समूह ‘बी’ मा छन् । दुवे समुहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

लगातार सँगै खेलेको अनुभवलाई सदुपयोग गर्ने र विगतका गल्ती कमजोरीलाई कम गर्दै यस पटक उपाधि नै जित्ने लक्ष्य राखेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । ‘तयारी अनुसारको लक्ष्य जित नै हो । पहिला यु-२० मैले हेर्दा पनि फाइनलमा चुक्यौं अहिले हामी चुक्दैनौं’ बिहीबार एन्फाले बिदाइ गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रियामा श्रेष्ठले भने ।
नेपालले करिब एक महिनाको तयारी गरेको र टिम प्रतियोगिताको लागि तयार रहेको श्रेष्ठको भनाई थियो । ‘हामीले एक महिना जति तयारी गर्‍यौं । राम्रो कुरा धेरै जसो खेलाडीले राष्ट्रिय लिग खेलिरहेका थिए त्यसले पनि फाइदा पुगेको छ’ श्रेष्ठले भने, ‘राष्ट्रिय टिमको पनि क्याम्प भएकोले दुई अभ्यास खेल खेल्न पायौं । सबैजना सकरात्मक छन् ।’

यसपटक अप्रत्याशित रुपमा कप्तान बनेका धर्मेन्द्रले जिम्मेवारी थपिएको बताए । उनले पुराना र नयाँ खेलाडीहरू पनि रहेको र राम्रो रहेको बताए । उनले देशको नाम जोडिएकोले सबैले एकजुट भएर खेल्दे राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

दबाब र च्याम्पियन बन्ने लक्ष्य

उर्जन श्रेष्ठ यस्ता प्रशिक्षक हुन् जसले यसअघि तीन यस उमेर समूहमा लगातार दुईपटक नेपाली टोली हेरेका थिए । तर उनले उपाधि जिताउन सकेका छैनन् । सन् २०२४ मा फाइनलमा पुगेपनि पराजित भएको नेपाल २०२५ मा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

दुवै पटक नेपाल बंगलादेशसँग पराजित भएको थियो । यसअघि उनले नेपालको यू-१७ टिम पनि हेरेका थिए । चौथो पटक उमेर समुहको टिम हेर्ने अवसर पाएको उर्जनसामु उपाधि जित्न नसक्दाको स्वभाविक दबाब पनि छ । ‘मैले तीनवटा टिम हेरें । यो चौथो हो । ट्रफी नआउँदा दबाब त धेरै छ । दुई वटा त फाइनलमा चुकें’ श्रेष्ठले भने, ‘हामीले लिगमै हराएको टिमसँग फाइनलमा चुक्यौं ।’

उमेर समूहको टिम भएकोले अली दबाब हुने तर लगातार टिम हेरिरहेकोले आफूलाई केही सहज हुने श्रेष्ठको भनाई छ । ‘सानो उमेरमा अलि प्रेसर त हुन्छ । उमेर समुहको टिम हेरिरहेकोले मलाई सजिलो छ । सँगै काम गरेकोले हरेक खेलाडीको क्षमता थाहा छ, मैले यसअघि यू-१९ हेरेको र त्यही खेलाडी धेरै भएकोले पनि सहज हुन्छ र राम्रो नतिजा आउने आशा छ ।’

यसअघि पनि दुई पटक आफुले फाइनल पुर्‍याएको र केही कमजोरीले गर्दा पराजित हुनुपरेको प्रशिक्षक श्रेष्ठको तर्क छ । ‘दुई पटक फाइनल पुगेकै हो । भारत र बंगलादेशलाई लिगमा हराएकै हो । फाइनलमा विभिन्न कारणले कमी कमजोरी भयो । यसपटक कमी कमजोरी नदोहोर्‍याउने लक्ष्य छ ।’

उनले जुनियर खेलाडीहरू धेरै उत्सहित हुँदा त्यसको असर परिरहेको र यस पटक सबैलाई मोटिभेसन दिएको बताए । ‘हाम्रो लक्ष्य भनेको जित नै हो । जुनियर खेलाडीहरू धेरै उत्साही हुने र साना गल्ती गर्दा त्यसमै हामीले मार खाने भइराछ । यस पटक मो६भेसन दिएर त्यो गल्ती नदोहोर्‍याउने भनेका छौँ । यसअघि टिम वर्क नहुँदा हार्न पुग्यौँ । यस पटक हामी सबै नचुक्ने भन्ने छ ।’


अनुभवी खेलाडीको साथ

कप्तान धर्मेन्द्रसहित राष्ट्रिय टिमबाट खेलेका सुवास बम लगायत उमेर समूहको प्रतियोगिता खेलेका अनुभवी खेलाडीहरू यस पटक टिममा छन् । त्यो सकरात्मक पक्ष रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ ।

अर्को पक्ष भनेको उमेर समुहका प्रया खेलाडी राष्ट्रिय लिग खेलिरहेका छन् । त्यसले गर्दा सबै खेलाडी फिट रहेको र टिम पनि राम्रो रहेको प्रशिक्षकको बुझाई छ ।

धर्मेन्द्र, सुवास, सुजल डंगोलसहित १४ खेलाडीले गत वर्ष भारतमा भएको साफ यू-१९ च्याम्पियनसिप खेलेका थिए ।

धर्मेन्द्र, सुवास बम, सुजन डंगोल, एलिन श्रेष्ठ, विज्ञान खड्का, जोन विष्ट, प्रशान्त मोक्तान, सविन लुंगेली मगर, विजय उराउजस्ता खेलाडीहरूले राष्ट्रिय लिग खेलेका थिए । यस्तै प्राय खेलाडीले यसअघि उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

गत वर्ष भारतमा भएको साफ यू-१९ च्याम्पियनसिप खेलेकै टिमका अधिकाशं खेलाडीहरू अहिलेको यू-२० टिममा छन् । त्यसबेला कप्तान रहेका राम थापा र लक्ष्यु थापासहित यस पटक यू-२० टिममा छैनन् भने यू-१९ टिमबाट १४ खेलाडी अहिलकै टिममा निरन्तरता पाएका छन् ।

राम थापा अष्ट्रेलिया गइसकेका छन् भने लक्षु थापालाई बोलाएपनि प्रशिक्षणमा नआएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए ।

यू-१९ टिमबाट ९ खेलाडी फेरिएका छन् । यू-२० टिममा पर्नेमा एलिक श्रेष्ठ, अनुभव पुरी, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्‍ट, निशान राज लावत, पेम्बा नुर्बु भोटे, सबिन राई छन् ।

कप्तान धर्मेन्द्र कुँवरसहित धर्मेन्द्र कुँवर (कप्तान), भक्त बहादुर परियार, विजय उराउ, विज्ञान खड्का, पवन पाख्रिन, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन डंगोल यसअ३ यू-१९ टिममा थिए ।

यस्ते सन् २०२४ मा घरेलु मैदानमै भएको साफ यू-२० च्याम्पियनसिप खेल्दा हालका कप्तान धर्मेन्द्र पनि टिममा थिए ।

भारत र बंगलादेश ‘टफ’

साविक विजेता भारत र सन् २०२४ मा च्याम्पियन बनेको बंगलादेश दुवै समूह बी मा छन् । समुह ए मा रहेको नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल पुगेमा यही दुई टिममध्ये एकसँग खेल्नुपर्ने हुन्छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि सर्वाधिक चार पटकको च्याम्पियन भारत र एक पटकको विजेता बंगलादेश नै कठिन प्रतिद्वन्दी भएको बताए ।

‘हाम्रो लागि कठिन भारत र बंगलादेश नै हो’ श्रेष्ठले भने, ‘साफ यू-२० मा पनि पहिले पनि हामीले बंगलादेशलाई लिगमा हराएर फाइनलमा चुक्यौं । भारत र बंगलादेश नै कठिन होला जस्तो लाग्छ ।’

यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन । त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो ।

पछिल्लो पटक सन् २०२३ मा नेपाल घरेलु मैदानमै भारतसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यसयता नेपाल बंगलादेशसँग दुई पटक र भारतसँग एक पटक पराजित भइसकेको छ ।

सन् २०२४ मा लिग चरणमा बंगलादेशलाई हराएको नेपाल फाइनलमा त्यही बंगलादेशसँग ४-१ ले पराजित हुँदे उपाधिबाट वञ्चित भएको थियो । २०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा फाइनल पुग्न सकेन ।

यस्तै भारतसँग सन् २०२५ मा समूह चरणमा भेट हुँदा नेपाल ४-० ले पराजित भएको थियो ।

नेपाली टोली : धर्मेन्द्र कुँवर (कप्तान), एलिक श्रेष्ठ, अनुभव पुरी, भक्त बहादुर परियार, विजय उराउ, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्‍ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...