मुख्य समाचार
घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्ड भन्छन्– आँखा चिम्लेर कारबाही गर्छौं
घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्ड भन्छन्– आँखा चिम्लेर कारबाही गर्छौं

। नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।

जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए ।

५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’

आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ । सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।

पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ । ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । सार्वजनिक कार्यक्रमहरुमा संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दल बन्ने भाषण गरेका थिए । तर रास्वपाले प्रत्यक्षमा १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भयो । प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए ।

चुनाव लगत्तै नेपाली कम्युनिस्ट पार्टीले तल्लो कमिटीमा सर्कुलर गरी चुनावको समीक्षा रिपोर्ट पठाउन भनेको छ । हाल रिपोर्ट संकलनको काम जारी रहेको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार धेरैजसो रिपोर्टहरुमा आफ्नै पार्टीका संगठित नेता–कार्यकर्ताहरुबाट भोट नपाउँदा चुनावमा हार व्यहोर्नु परेको निष्कर्ष छ ।

प्रचण्डको भनाइको अ‌ंश

म तपाईँहरूलाई भन्छु, यहाँ उपस्थित सबैजना जनवर्गीय सङ्गठनका नेता कमरेडहरू हुनुहुन्छ। केन्द्रीय सदस्य र प्रदेश सदस्यमध्ये को-को आफ्नो क्षेत्रमा गएनन् ? कसले भोट हालेनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको रिपोर्ट तपाईँहरूले हामीलाई दिनैपर्छ। त्यस्तालाई कारबाही गर्नैपर्छ, नत्र भने पार्टी बनाउन सकिँदैन।

अब कारबाही गरिन्छ र त्यसको सुरुवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ। “केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए” भन्ने ‘जेनरल’ रिपोर्ट आएको छ। हामीले भनेका छौँ, ठोस प्रमाण ल्याउनुस्- को-को आफ्नो क्षेत्रमा गएनन् ? को-को घण्टीतिर लागेको देखियो? तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ। अहिले पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो, नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो।

यो निर्वाचन परिणामपछिको सुझाव र आलोचना के छ, त्यो पनि ल्याउनुस् । हामी पार्टीको सचिवालय वा सबैभन्दा माथिल्लो आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ। त्यहाँ तपाईँ-हामी सबै सहभागी हुन्छौँ। त्यहाँ छलफल गरेर कसले भोट हाल्यो, कसले हालेन, को केन्द्रीय सदस्य निर्वाचन क्षेत्रमा गयो, को गएन भन्ने कुराको समीक्षा हुनुपर्छ। काम गर्ने र नगर्नेलाई समान ढङ्गले हेर्ने जुन प्रवृत्ति अहिले भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ। अरू बेलामा ‘पार्टीको हुँ’ भन्ने तर निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्नुभएन ।

कमिटीहरू चुस्त-दुरुस्त हुनुपर्छ भन्ने नै सबैतिरको सुझाव छ। अब एकातिर विचारलाई अझ तिखार्नपर्‍यो, विचार र राजनीतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्‍यो भने दोस्रो कुरा सङ्गठन हो। त्यो विचार र राजनीतिअनुकूलको चुस्त-दुरुस्त सङ्गठन बनाउनैपर्छ। सङ्गठनलाई तलैदेखि भेला, सम्मेलन गरेर निर्वाचित कमिटी बनाउने र निश्चित सङ्ख्याभन्दा ठूलो कमिटी नबनाउने काम नगरी नहुने भएको छ।

त्यसकारण राजनीतिक र वैचारिक ढङ्गले, मुद्दाको हिसाबले हामीले नै जितेका छौँ। तपाईँहरू कोही पनि निराश हुनुपर्ने कारण छैन। मैले धेरैपटक भन्ने गरेको छु र तपाईँहरूले पनि सुन्नुभएको होला— रास्वपाबाट यतिका महिलाहरू सांसद भएर आए, मैले त ती पनि हाम्रै महिला देख्छु। हामीले जनयुद्ध र जनआन्दोलन गरेर “महिलाहरूको सहभागिता र समानुपातिक प्रतिनिधित्व यसरी हुनुपर्छ” भन्ने कुरा स्थापित नगरेको भए रास्वपाले कहाँबाट ल्याउँथ्यो त्यो?

हिजो कांग्रेस-एमालेबाट आउँदा पनि हामीले के भन्थ्यौँ भने, अन्ततः अहिले जनताले बुझ्ने हो। हामीले बुझाउन सकेका छैनौँ। हामी आफैँमा पनि केही न केही कमजोरीहरू बढ्दै गएका छन्। त्यसै कारणले यस्तो भएको मात्रै हो तर समयले बिस्तारै आम जनतालाई बुझाउँदै ल्याउँछ। यो सबै कसले गरेको थियो भन्दा क्रान्तिकारी कम्युनिस्टहरूले लडेर, संविधानसभाबाट संविधान बनाउँदा लडेर ल्याएको हो नि त! चाहे मधेसी होस्, चाहे मुस्लिम, दलित, महिला वा जनजाति होस्, सबैको प्रतिनिधित्वको आधार त्यही हो। रास्वपाबाट आऊन्, कांग्रेसबाट आऊन् वा हाम्रो नेपाली कम्युनिस्ट पार्टीबाट आऊन्, ती सबै हाम्रै मुद्दाबाट आएका हुन्।

त्यस्तो भएपछि किन डराउनुपर्‍यो हामी? त्यसकारण हामीले ‘कन्फिडेन्ट्ली’ भन्नुपर्‍यो- राजनीतिक र वैचारिक रूपमा हामीले जितेकै छौँ। अहिले पनि हामीले पार्टी एकताको झन्डा दह्रोसँग उठाएकै छौँ। हाम्रा एकदम कट्टर विरोधीहरू, जसको वर्गीय चरित्र हामीसँग बिलकुल मिल्दैन, उनीहरू पनि “यो परिवर्तन ल्याएको त जनयुद्ध र जनआन्दोलनले नै हो है” भन्न बाध्य छन्। नीति र राजनीतिमा हामी नै अहिले लिडरसिप हौँ। नेपाली कम्युनिस्ट पार्टी नै देशको नेतृत्व हो। त्यसैले हामी खत्तम भयौँ भन्ने ठान्नुपर्ने अवस्था छैन।

हाम्रो जस्तो व्यवस्थित परिचालन अरू कसैको पनि भएको होइन। रास्वपाको त हावाहुरी आयो। कतिपय उम्मेदवार त चिन्नु पनि भएको छैन होला। उनीहरूको पृष्ठभूमि र चरित्र के हो, केही थाहा छैन, तैपनि “घण्टी, घण्टी” भनेर गए। यसमा धेरै कुराहरू छन् है! अहिले म त्यतातिरको व्याख्यामा गइनँ। यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै आयामहरू छन्।

“विकास गरेपछि चुनाव जितिन्थ्यो, हामीले विकास गरिएन” भन्ने तर्क पनि आउँछ। तर, यो अन्तिम र मुख्य तर्क होइन। विनोद चौधरीकै क्षेत्र हेर्नुस्, त्यहाँको विकास त अन्तर्राष्ट्रिय स्तरको छ नि! तैपनि उनी हारे। यसको अर्थ विकास गर्दैमा चुनाव जितिन्छ भन्ने कुरा पनि सत्य होइन रहेछ। पैसा टन्नै खर्च गरेपछि जितिहालिन्छ भन्ने हो भने त विनोद चौधरीले जित्नुपर्थ्यो। उनी त हारे नि!

सङ्गठनलाई व्यवस्थित बनाएर, पत्रपत्रिकामा प्रचारप्रसार राम्रो गरेर र जनताको चित्त बुझाएर मात्रै चुनाव जितिन्थ्यो भने भक्तपुरमा नारायणमान बिजुक्छेले ४० वर्षसम्म राज गरेको क्षेत्रमा अहिले त्यो आँधीहुरीले कसरी बढार्‍यो त? त्यसकारण यी कुराहरू (विकास, पैसा, प्रचार) सहायक हुन्, मुख्य होइनन्।

हाम्रो मुख्य कुरा भनेको विचार, राजनीति र सङ्घर्ष हो। अहिले हामी सङ्घर्षमा पछि पर्‍यौँ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ–१ की निर्वाचित सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया दिएकी छन् । धादिङका १३ स्थानीय तहले सार्वजनिक गरेको संयुक्त वक्तव्यको शुक्रबार फेसबुकबाट प्रतिवाद गर्दै आशिकाले आफ्नो धारणा पनि दिएकी छन् । ‘​धादिङका १३ वटै स्थानीय सरकारका प्रमुख–अध्यक्ष ज्यूहरूले हालै जारी गर्नुभएको संयुक्त विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण ...
मध्यपूर्वमा जारी द्वन्द्वले अब विश्व अर्थतन्त्रमै गम्भीर झट्का दिन थालेको छ । अमेरिका र इजरायलको बमबारी भोगिरहेको इरानले छिमेकी मुलुक कतारको रास लफान इन्डस्ट्रियल सिटीमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट केवल विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ । यति मात्रै होइन यसले एउटा यस्तो श्रृंखलाबद्ध असर सुरु गरेको छ जसको प्रभाव वैश्विक ...
। ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै ...
। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन ...
। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो । फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम