मुख्य समाचार
नेपालको पछिल्लो निर्वाचन विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्थानविन्दु बन्नसक्ने टिप्पणी
नेपालको पछिल्लो निर्वाचन विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्थानविन्दु बन्नसक्ने टिप्पणी

। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको पछिल्लो निर्वाचन विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्थानविन्दु बन्नसक्ने टिप्पणी गरेका छन् । उनले बिहीबार फेसबुकमा आफ्नो धारणा राख्दै निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको मात्र नभई लोकतान्त्रिक आन्दोलनको गहिराइको समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

‘नेपालको पछिल्लो निर्वाचन परिणाम कम्युनिस्ट आन्दोलन मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनकै वस्तुपरक समीक्षा गरेर २१ औँ शताब्दीमा विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने महत्वपूर्ण प्रस्थानविन्दू बन्न सक्छ,’ भट्टराईले लेखेका छन् ।

२१ औँ शताब्दीसँगै अघि बढेको चौथो र पाँचौँ औद्योगिक क्रान्ति, एआईलगायतका चमत्कारिक प्रविधि, अति–भूमण्डलीकृत अर्थतन्त्र, बहुध्रुवीय विश्व–व्यवस्था, भौतिक–सामाजिक–संज्ञानात्मक क्षेत्रका पछिल्ला ज्ञानविज्ञान आदिले ल्याएको असीम सम्भावना रहेको भट्टराईले बताएका छन् ।

अर्कातिर चरम आर्थिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, राष्ट्रिय–जातीय–धार्मिक–सांस्कृतिक द्वन्द्वका गम्भीर चुनौती रहेको औँल्याउँदै नयाँ मानव सभ्यता विकास र व्यवस्थापन गर्नुपर्ने दायित्व पनि मानव जातिकै काँधमा आएको उनले बताएका छन् ।

‘त्यसैले यतिबेला पहिलो औद्योगिक क्रान्तिको बेला १८ औँ–१९ औँ शताब्दीको विशिष्ठतामा संश्लेषण गरिएका राजनीतिक विचार–दर्शन ( उदारवाद, समाजवाद, संवर्द्धनवाद, अराजकतावाद, अनुभववाद, प्रियतावाद आदि) र तिनको जगमा संगठित पार्टी भन्दा अघि बढेको विचार–दर्शन र राजनीतिको नवसंश्लेषण र नवनिर्माण आजको आवश्यकता हो कि ?,’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मध्यपूर्वमा जारी द्वन्द्वले अब विश्व अर्थतन्त्रमै गम्भीर झट्का दिन थालेको छ । अमेरिका र इजरायलको बमबारी भोगिरहेको इरानले छिमेकी मुलुक कतारको रास लफान इन्डस्ट्रियल सिटीमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट केवल विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ । यति मात्रै होइन यसले एउटा यस्तो श्रृंखलाबद्ध असर सुरु गरेको छ जसको प्रभाव वैश्विक ...
। ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै ...
। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन ...
। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो । फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि ...
। महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम