मुख्य समाचार
बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस
बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस

। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदनसँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।

‘राजीनितमा हनुमुन पिरियड भन्ने गरिन्छ खास गरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई । त्यो वार्म अपको अवधिमा उसको कामको सकारात्मक या नकारात्मक सन्देश बुझ्न सकिन्छ । तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न । त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ शर्माले भनेका छन्, ‘अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न ।’

उनले थप भनेका छन्, ‘नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनु भएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन ...
। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो । फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि ...
। महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश ...
। प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम आएकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् । त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको बताइन् । प्रधानमन्त्री कार्की देशका विभिन्न जिल्लामा भ्रमण गरिरहेकी छिन् । उनी हिजोमात्रै कर्णालीका विभिन्न जिल्ला पुगेर चुनाव सम्मन्न गराएकोमा धन्यवाद ज्ञापन गरेकी ...
। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक शृंखला रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एशोसिएशन कानुन व्यवसायी महलिाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले विगतका दृष्टान्तहरू प्रश्तुत गरे । साथै, उनले नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम