मुख्य समाचार
‘पिकअप गाडी’को ठक्करले साइकलयात्रीको मृत्यु
‘पिकअप गाडी’को ठक्करले साइकलयात्रीको मृत्यु

। सुनसरी रामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो ।

गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिएका छन् । लामो समयदेखि कानुन पेसामा आबद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताए । आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महसुस ...
। सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको टिप्पणी गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताइन् । न्यायाधीश थापाका अनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा ...
। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी उनको थियो । निर्वाचनको ...
। भेरी करिडोरअन्तर्गत डोल्पाको लासीक्याप–सिसौल सडकखण्ड निर्माणका लागि पहिलो पटक उच्चस्तरीय छलफल गरिएको छ। चैत १ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डको ३३ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोही निर्णयपछि पहिलो पटक शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निर्माण प्रक्रियाबारे उच्चस्तरीय छलफल गरिएको डोल्पाका नवनिर्वाचित सांसद धनबहादुर बुढाले जानकारी दिए । उनले छलफलमा ...
। विश्वमा शान्ति, करुणा र सद्भावको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६ सुरु भएको छ । चिनियाँ दूतावासको संयोजनमा आयोजना गरिएको यो महोत्सवमा ध्यान, सांगीतिक प्रस्तुति (कन्सर्ट) र पिस म्याराथन समावेश गरिएका छन् । महोत्सवले विश्व शान्ति, अन्तर–सांस्कृतिक समझदारी र आरोग्य जीवनशैली प्रवर्द्धनमा जोड दिएको छ । तीन दिने महोत्सव अन्तर्गत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम