। कैलालीको बर्दगोरिया गाउँपालिका–४ नौनियास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, से.२ त ११८५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ बस्ने ४२ वर्षीया दिपा न्यौपानेको शुक्रबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको दोदोधरा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।