मुख्य समाचार
गृहमन्त्रीले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताए
गृहमन्त्रीले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताए

। गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् ।

निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् ।

साथै, कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको उनले बताए ।

‘यसको निर्माण पक्षबाट अब सबै तयारी छ, अहिले । यसमा प्रतिनिधि सभाको अलग्गैको लागि पनि छ र प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटैको संयुक्त गर्नुपर्‍यो त्यस्तो अवस्था आइहाले त्यसको लागि पनि सबै तयारी छ अहिलेलाई भनेर भन्नुभएको छ । पछाडि पट्टि कार्यव्यवस्था समितिको बैठक बस्नलाई र सभामुखज्युलाई पनि ठाउँ बनिसकेको देखिएको छ,’ उनले भने ।

शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उनको भनाइ छ ।

सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उनले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गरे ।

अस्थायी व्यवस्थापन भएपनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वमा शान्ति, करुणा र सद्भावको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६ सुरु भएको छ । चिनियाँ दूतावासको संयोजनमा आयोजना गरिएको यो महोत्सवमा ध्यान, सांगीतिक प्रस्तुति (कन्सर्ट) र पिस म्याराथन समावेश गरिएका छन् । महोत्सवले विश्व शान्ति, अन्तर–सांस्कृतिक समझदारी र आरोग्य जीवनशैली प्रवर्द्धनमा जोड दिएको छ । तीन दिने महोत्सव अन्तर्गत ...
। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन् । उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी ...
। नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय समिति भंग गरेर एकता महाधिवेशनमा जानुपर्ने बताएका छन् । शुक्रबार फेसबुकमार्फत आफ्नो प्रस्ताव राख्दै नेता कार्कीले अर्को दुर्घटनाको प्रतीक्षा नगरेर नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरेका छन् । ‘चाहे जस्तोसुकै चुनौतीको सामना गर्नु परोस् सत्य छाडिदैन । हिजो पनि आज पनि सभापतिको मात्र दोष र ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान ...
। नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ । जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए । ५० प्रतिशत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम