मुख्य समाचार
हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र
हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र

। वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र गरेको छ ।

विभागले हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तीमा २ दिन अघि पर्वतारोहण सम्बन्धी नियमावली, २०८२ (छैटौं संशोधन) को अनुसूची–१ बमोजिमको विस्तृत विवरण भरेको निवेदन पेश गर्न भनेको छ ।

आरोहण अनुमति माग गर्ने निवेदनमा सहयोगी कर्मचारीको विवरण समेत अनिवार्य उल्लेख हुनुपर्ने र आरोहण अनुमतिको निवेदन पेश गर्दा सरदार अनिवार्य तोक्नुपर्ने छ । आकस्मिक सहयोगी कर्मचारी थप गर्नुपर्ने भएमा स्पष्ट कारण, संख्या, मितिसहित विस्तृत विवरण उल्लेख गरी विभागबाट पूर्वस्वीकृति लिएर मात्र थप गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम २१ मा अन्तिम शिविरमा पुगेका सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाइमा जाने कामदारलाई पर्वतारोही दलले हिमालचुली आरोहण गर्न अवसर दिनुपर्ने व्यवस्था बमोजिम त्यस्ता सहयोगीले आरोहण दलको सदस्य अन्तिम शिविरमा पुगेको अवस्थामा मात्र आरोहण गर्नुपर्ने गरी तोकिएको छ ।

हिमाल आरोहण अनुमति माग गर्दा आरोहण दलका सदस्य र सहयोगी कर्मचारीको हालसालै खिचेको फोटो अनिवार्य प्रणालीमा अपलोड गर्न भनिएको छ । सोही फोटो प्रमाणपत्रमा प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

सहयोगी कामदारको इच्छापत्र र करारमा नियमावलीको ढाँचा बमोजिमको विस्तृत विवरण कम्पनी र कामदार दुवैले अनिवार्य भर्नुपर्ने भएको छ । सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिनको ३ः०० बजे (शुक्रबार २ः०० बजे) टोली नेता, एजेन्सीको प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थितिमा संयुक्त रुपमा विभागको सभाकक्षमा ब्रिफिङ हुने समेत सूचनामा उल्लेख छ ।

हाल निवेदन पेश गर्दा हार्ड र सफ्टकपी दुवैमा कागजात संलग्न गर्नुपर्ने व्यवस्था रहेको छ । अब भने सक्कल निवेदनका साथ सलामी दस्तुर र गार्बेज तिरेको सक्कल भौचर, इन्स्योरेन्सको सक्कल र सदस्यको पासपोर्टको प्रतिलिपि, नेपाली नागरिकको हकमा नागरिकताको प्रतिलिपि मात्रै फाइलमा संलग्न गरी विभागमा पेश गरे पुग्ने भएको छ । साथै अन्य आवश्यक कागजात एजेन्सीले प्रमाणित गरी हिमाल आरोहण अनुमति प्रणालीमा अपलोड गर्नुपर्ने छ ।

हिमाल आरोहणको क्रममा भएको उद्धार सम्बन्धी विवरण पर्यटन विभाग र पर्यटक प्रहरीको कार्यालय, भृकुटीमण्डपमा अनिवार्य बुझाउनुपर्ने गरी तोकिएको छ । सन् २०२५ को हिमाल आरोहण गर्दा/गराउँदा राखिएको फोहोरमैला धरौटी बापतको रकम फिर्ता नभएको भए आवश्यक कागजात सहित शीघ्र विभागमा निवेदन पेश गर्न र निवेदन पेश भएको बढीमा ७ दिनभित्र धरौटी रकम फिर्ता हुने समेत विभागले स्पष्ट पारेको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। घर लिप्ने माटो खन्ने क्रममा ...
। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र ...
। संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ । बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृतका प्रस्ताव पेश हुने बताएका हुन् । ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । ...
। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम