मुख्य समाचार
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने

: आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।


नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइसीसी विश्वकप लिग–२ को लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि त्रिवि मैदानमा हुने खेल तल्लो मूलपानी मैदानमा सारिएको हो । त्रिवि क्रिकेट मैदानमा ५ वटा खेलहरु हुने गरी तालिका सार्वजनिक गरिएको थियो । अब ती खेलहरु तल्लो मूलपानी मैदानमा हुनेछन् ।


त्यसबाहेक माथिल्लो मूलपानी मैदानमा ५ वटा र अन्य खेलहरु जनकपुर र पर्सामा हुने गरी तालिका सार्वजनिक भएको थियो । प्रधानमन्त्री कप २०८२/८३ को संस्करण ४ वटा स्थानमा हुनेछन् । काठमाडौंका २ मैदान र जनकपुर र पर्सामा गरी ४ स्थानमा प्रधानमन्त्री कप सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शहीद स्मारक एन्फा महिला लिग–२०८२ को खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय महिला लिग २०८२ प्राविधिक कारणले स्थगित भएको जानकारी दिएको छ । चैत ४ देखि सुरु भएको महिला लिगको ४ खेल सम्पन्न भएका थिए ।
: जारी राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताएको छ । एन्फाले विदेशी खेलाडीलाई कार्य सहमति र श्रम ...
: राष्ट्रिय लिग–२०८२ को आगामी खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्काे सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको बताएको छ । एन्फाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति साझा गर्दै सम्पूर्ण क्लबहरुलाई राष्ट्रिय लिग हालका लागि स्थगित गरिएको जानकारी ...
— संघीय सरकारले पटकपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेपछि कर्णाली रंगशालाको एक प्रतिशत काम पनि अधुरो बनेको छ । कर्णाली सरकारले पहिलो गौरवको आयोजनाका रुपमा २०७८ मंसिर २० गतेदेखि कर्णाली प्रदेश रंगशालाको निर्माणको काम सुरु गरेको थियो । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सञ्चालन गर्ने निर्णय भएपछि प्रदेश सरकारले उक्त रंगशालाको काम थालेको हो । १ ...
— श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा तानिएका छन् । अध्यागमन कानुन उल्लंघन गरेर विदेशी खेलाडीलाई काममा लगाएको भेटिएपछि विभागले यस विषयमा छानबिन अघि बढाएको हो । कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले बिहीबार नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेर कानुनी प्रावधान अवगत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम