मुख्य समाचार
राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन
राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन

: जारी राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ ।


अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताएको छ । एन्फाले विदेशी खेलाडीलाई कार्य सहमति र श्रम स्विकृति नभइ नखेलाउन अनुरोध गरेको छ ।


अध्यागमन विभागमा परेको उजुरीका आधारमा बिहीबार (चैत ५) मा निर्देशन जारी भएको हो । चैत ५ बाट अध्यागमन विभागले निरीक्षण सुरु गर्ने र कानुन विपरितका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने उल्लेख गरेको छ । यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस विषयउपर पत्र पठाइसकेको छ । राखेपमा पनि विदेशी खेलाडी श्रम स्विकृति बिना मैदानमा खेलिरहेको भन्दै उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...