मुख्य समाचार
नर्डिक राष्ट्र लगातार नवौं वर्षसम्म बन्यो विश्वको सबैभन्दा खुशी देश
नर्डिक राष्ट्र लगातार नवौं वर्षसम्म बन्यो विश्वको सबैभन्दा खुशी देश

: यदि खुशीको ओलम्पिक खेल हुन्थ्यो भने नर्डिक देशहरू निश्चित रूपमा पदक तालिकामा हुने थिए । वास्तवमा, तीनै स्थान उनीहरूले नै ओगट्ने थिए । विश्व खुशी प्रतिवेदनको पछिल्लो संस्करण अनुसार विश्वका सबैभन्दा खुशी तीन देश फिनल्याण्ड, आइसल्याण्ड र डेनमार्क हुन् ।


फिनल्याण्ड लगातार नवौं पटक विश्वकै सबैभन्दा खुशी देश घोषित भएको छ । दोस्रो स्थानमा आइसल्याण्ड र तेस्रो स्थानमा डेनमार्क छन् । यो रैंकिङ अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरले तयार पारेको हो र यो वार्षिक विश्व खुशी प्रतिवेदनमा समावेश गरिएको छ ।

कोस्टा रिकाले चौंथो स्थान हासिल गर्दै बलियो प्रदर्शन गर्‍यो । यो ल्याटिन अमेरिकाको कुनै देशले पाएको अहिलेसम्मकै उच्च स्थान हो। त्यसपछि फेरि नर्डिक देशहरू नै छन्, जहाँ स्वीडेन पाँचौं र नर्वे छैटौं स्थानमा छन् । युरोपका अन्य तीन देशहरू पनि शीर्ष १० मा छन् : नेदरल्यान्ड्स (७), लक्जेम्बर्ग (९) र स्विट्जरल्याण्ड (१०) ।

मध्यपूर्वबाट शीर्ष २० मा पर्ने एक मात्र देश इजरायल हो, जसले आठौं स्थान प्राप्त गरेको छ । यस वर्ष अमेरिका २३औं स्थानमा छ भने क्यानडा २५औं र बेलायत २९औं स्थानमा छन् । लगातार दोस्रो वर्ष पनि कुनै पनि अंग्रेजी बोल्ने देश–अमेरिका, न्यूजिल्याण्ड, आयरल्याण्ड, अष्ट्रेलिया, क्यानडा वा बेलायत-शीर्ष १० मा पर्न सकेनन् ।

यो र्‍याकिङ निर्धारण गर्न, ग्यालप वल्र्ड पोलले १४७ देशका उत्तरदाताहरूलाई आफ्नो जीवनलाई एउटा सिँढीको रूपमा मूल्याङ्कन गर्न लगाउँछ, जहाँ १० सबैभन्दा राम्रो जीवन र ० सबैभन्दा खराब जीवन हो । यसलाई क्यान्ट्रिल ल्याडर भनिन्छ । अनुसन्धानकर्ताहरूले देशहरूबीचको फरक बुझ्नका लागि प्रतिव्यक्ति आय, जीवन प्रत्याशा, उदारता, स्वतन्त्रताको अनुभूति र भ्रष्टाचारबारे धारणा जस्ता छ वटा कारकहरूलाई हेर्छन् । र्‍याकिङ तीन वर्षको औसतमा आधारित हुन्छ । फिनल्याण्डका नागरिकहरूले आफ्नो जीवन सन्तुष्टि औसतमा ७.७६४ अंक दिएका छन्, जबकि अमेरिकामा यो ६.८१६ मात्र छ ।

युवा संकट
प्रतिवेदनका लेखकहरूले युवाहरूको खुशीमा आएको गिरावटलाई संकटका रूपमा लिन थालेका छन् । पछिल्लो सर्वेक्षण अनुसार अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका २५ वर्षभन्दा कम उमेरका युवाहरूको जीवन सन्तुष्टि पछिल्लो दशकमा झण्डै एक अंकले घटेको छ ।

यसको एक प्रमुख कारण सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई मानिएको छ । तर प्रतिवेदनले चेतावनी पनि दिएको छ कि ‘नकारात्मक भावना विश्वका सबै क्षेत्रमा बढ्दै गएको छ ।’ अंग्रेजी बोल्ने धनी देशहरूमध्ये पनि केवल तीन देश मात्र शीर्ष २० मा पर्न सके-न्यूजिल्याण्ड (११), आयरल्याण्ड (१३) र अष्ट्रेलिया (१५) ।

अनुसन्धानले देखाएको छ कि युवाहरूले सामाजिक सञ्जाल वा गेमिङमा बिताउने समय खुशीमा गिरावट ल्याउने प्रमुख कारण हो । तर इन्टरनेटको केही प्रयोग, जस्तै आफन्तहरूसँग सम्पर्क राख्नु वा नयाँ सीप सिक्नु, सकारात्मक पनि हुन सक्छ ।

विश्वव्यापी खुशीको जटिल तस्वीर
सूचीको अन्त्यमा रहेका देशहरू प्रायः द्वन्द्वग्रस्त छन्। अफगानिस्तान १४७औं स्थानमा सबैभन्दा कम खुशी देश बनेको छ, त्यसपछि सिएरा लियोन आदि छन् । धनी देशहरूले सामान्यतः राम्रो प्रदर्शन गरे पनि सबै शीर्ष २० मा पर्न सकेनन् । संयुक्त अरब इमिरेट्स २१औं र साउदी अरेबिया २२औं स्थानमा छन् । डिजिटल युगले मानिसहरूको सामाजिक र भावनात्मक जीवनमा ठूलो प्रभाव पारिरहेको छ ।

हराएको वालेट फिर्ता आउने ठाउँ
अनुसन्धान अनुसार, फिनल्याण्ड त्यस्तो देश हो जहाँ हराएको वालेट पनि सुरक्षित रूपमा फिर्ता आउने सम्भावना बढी हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन् कि संसार दयालु मानिसहरूले भरिएको छ र यो कुरा बुझ्दा मानिसको जीवनप्रति दृष्टिकोण बदलिन्छ । नर्डिक देशहरूमा बलियो स्वास्थ्य र शिक्षा प्रणाली भएकाले पनि त्यहाँका नागरिकहरू बढी खुशी छन् ।

सन् २०२६ का विश्वका १० सबैभन्दा खुशी देशहरूः
१. फिनल्याण्ड
२. आइसल्याण्ड
३. डेनमार्क
४. कोस्टा रिका
५. स्वीडेन
६. नर्वे
७. नेदरल्यान्ड्स
८. इजरायल
९. लक्जेम्बर्ग
१०. स्विट्जरल्याण्ड

सूचीको अन्त्यमा रहेका देशहरूः

१४७. अफगानिस्तान
१४६. सिएरा लियोन
१४५. मलावी
१४४. जिम्बाब्वे
१४३. बोत्स्वाना

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम