मुख्य समाचार
जारी युद्धसम्बन्धी 'भ्रामक सामग्री' सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ
जारी युद्धसम्बन्धी 'भ्रामक सामग्री' सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ

— पश्चिम एशियामा जारी युद्धसम्बन्धी 'भ्रामक सामग्री' सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा कम्तीमा ७ नेपाली पक्राउ परेका छन्। यूएई र साउदीमा ३–३ जना तथा कुवेतमा १ जना पक्राउ परेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन। यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई १–२ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुन सक्ने बताइएको छ।

सरकारले खाडीमा रहेका नेपालीलाई स्थानीय कानुन पालना गर्न र सामाजिक सञ्जालमा संवेदनशील सामग्री नसेयर गर्न आग्रह गरेको छ।

यसैबीच युद्धका कारण १ नेपालीको मृत्यु र २० जना घाइते भइसकेका छन् भने घाइतेहरू उपचारपछि काममा फर्किएका छन्। अवस्था थप जटिल भएमा सरकारले उद्धार योजना अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...