मुख्य समाचार
साउदी अरेबियामा इरानले ड्रोन र मिसाइल आक्रमण तीव्र
साउदी अरेबियामा इरानले ड्रोन र मिसाइल आक्रमण तीव्र

:साउदी अरेबियामा इरानले ड्रोन र मिसाइल आक्रमण तीव्र पारिएको छ। पछिल्ला केही दिनयता जारी आक्रमणको क्रममा बुधबार राति राजधानी रियादसहित पूर्वी प्रान्त लक्षित गरी २१ भन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गरिएको साउदी पक्षले जनाएको छ।


साउदीको हवाई प्रतिरक्षाले ती सबै आक्रमणलाई निस्तेज पार्दै अधिकांश ड्रोन र मिसाइल हावामै नष्ट गरेको जनाएको छ। रियादतर्फ प्रहार गरिएका चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको र अल–खार्ज क्षेत्रमा थप एक क्षेप्यास्त्र खसालिएको बताइएको छ। पूर्वी प्रान्तमा समेत छवटा आक्रमणकारी ड्रोन नष्ट गरिएको जनाइएको छ।


नष्ट गरिएका ड्रोन र क्षेप्यास्त्रका भग्नावशेष प्रिन्स सुल्तान एयर बेस आसपाससहित विभिन्न क्षेत्रमा खसेका छन्। प्रतिरक्षाका क्रममा खसेका भग्नावशेषबाट चारजना एसियाली नागरिक घाइते भएको जनाइएको छ।



साउदी रक्षा मन्त्रालयका अनुसार अवरोध गरिएका क्षेप्यास्त्रका छर्रा राजधानीका विभिन्न भाग तथा शहरको दक्षिणमा रहेको रिफाइनरी क्षेत्रमा खसेका थिए। आवश्यकताअनुसार रियादमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय अवस्थामा राखिएको छ।

बुधबार रातिको आक्रमणपछि साउदी विदेशमन्त्री फैसल बिन फरहानको पहलमा क्षेत्रीय सुरक्षा विषयमा आपतकालीन बैठकका लागि अरब तथा इस्लामिक देशका विदेशमन्त्रीहरू रियादमा भेला भएका छन्। यस विषयमा आन्तरिक छलफल तीव्र रूपमा जारी रहेको र आवश्यक निर्णय समयानुकूल गरिने बताइएको छ।

साउदी प्रेस एजेन्सीका अनुसार पछिल्लो समय राज्यभर अवरोध गरी नष्ट गरिएका शत्रु ड्रोनको संख्या २०० भन्दा बढी पुगेको छ भने करिब ३५ वटा क्षेप्यास्त्र पनि खसालिएको छ। तीमध्ये अधिकांश ब्यालिस्टिक र केही क्रुज मिसाइल रहेका छन्। हालसम्म ठूलो मानवीय क्षति नभएको जनाइएको छ।

गत फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानी भू–भागमा गरिएको हवाई आक्रमणको बदला स्वरूप इरानले खाडी क्षेत्रका सैन्य तथा नागरिक संरचनालाई लक्षित गर्दै आक्रमण गरिरहेको छ।

यद्यपि पछिल्लो आक्रमणले तनाव थप बढाए पनि साउदीमा कार्यरत नेपालीहरू हालसम्म सुरक्षित रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम