मुख्य समाचार
इरान र इजरायलबीच बढ्दो सैन्य तनावका बीच इरानले कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा पुनः मिसाइल आक्रमण गरेको दाबी
इरान र इजरायलबीच बढ्दो सैन्य तनावका बीच इरानले कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा पुनः मिसाइल आक्रमण गरेको दाबी

: इरान र इजरायलबीच बढ्दो सैन्य तनावका बीच इरानले कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा पुनः मिसाइल आक्रमण गरेको दाबी गरेको छ। बुधबार राति इजरायलले इरानको 'साउथ पार्स' ग्यास क्षेत्रमा गरेको हमलाको बदलामा इरानले कतारको 'रास लाफान' औद्योगिक क्षेत्रलाई निशाना बनाएको हो । इरानी सरकारी टेलिभिजनका अनुसार यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिनुअघि नै गरिएको हो।


घटनाको विवरण कतारको सरकारी ऊर्जा कम्पनीले बिहीबार बिहान आफ्नो मुख्य ग्यास क्षेत्रमा रकेट प्रहार भएको पुष्टि गरेको छ। आक्रमणबाट प्लान्टमा ठूलो आगलागी हुनुका साथै भौतिक क्षति पुगेको छ, यद्यपि कुनै मानवीय हताहतीको खबर भने प्राप्त भएको छैन। इरानले यसअघि पनि इजरायली आक्रमणको बदला लिन कतारको रास लाफान औद्योगिक क्षेत्रलाई निशाना बनाएको थियो।


आक्रमणलाई लिएर ट्रम्पको कडा चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'एक्स'मार्फत इरानलाई निकै कडा शब्दमा चेतावनी दिएका छन्। उनले लेखेका छन्,' यदि कतारको एलएनजी केन्द्रमाथि फेरि आक्रमण भयो भने, म इरानको साउथ पार्स ग्यास क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न कति पनि हिचकिचाउने छैन।'

उनका अनुसार अमेरिकाले इजरायलको सहयोगमा वा एक्लै पनि इरानको ग्यास क्षेत्रलाई अहिलेसम्मकै शक्तिशाली प्रहार गरेर नष्ट गरिदिनेछु। ट्रम्पले भने, 'म यस्तो स्तरको हिंसा र विनाश चाहन्न किनकि यसले इरानको भविष्यमा दीर्घकालीन असर पार्नेछ, तर कतारमाथिको आक्रमण अब सह्य हुने छैन।'

यो द्वन्द्व इजरायलले इरानको 'साउथ पार्स' ग्यास क्षेत्रमा गरेको हमलापछि सुरु भएको हो। त्यसको जवाफमा इरानले कतारको पेट्रोलियम प्लान्ट र विश्वकै ठूलो ग्यास प्रशोधन केन्द्र रास लाफानलाई निशाना बनाउँदै आएको छ।

वर्तमान अवस्थामा कतारका ऊर्जा केन्द्रहरूमा लागेको आगो निभाउने र सुरक्षा कडा पार्ने काम भइरहेको छ भने मध्यपूर्वमा ठूलो युद्धको खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम