मुख्य समाचार
जग्गा विवादमा छिमेकी महिलाको हत्या
जग्गा विवादमा छिमेकी महिलाको हत्या

— बाँकेको बैजनाथ गाउँपालिका–५ छमनियामा जग्गा प्रयोगको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । मृतकको घरमा आगजनी समेत गरिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा–५ छमनियाकी ५५ वर्षीया भगवनी थारू रहेकी छन् । मंगलबार बिहान १० बजेतिर हँसिया प्रहारबाट ती महिलाको हत्या भएको हो। प्रहरी निरीक्षक तथा सूचना अधिकारी रामनारायण गुप्ताले हँसिया प्रहार भएकी थारूको घटनास्थलमै मृत्यु भएको बताए ।

उनका अनुसार हँसिया प्रहरी गरी महिलाको हत्यामा संलग्न रहेका सोही ठाउँका ५५ वर्षीय सिताराम थारू पक्राउ परेका छन् । थारूले नै मृतक भगवनीका छोरा ३५ वर्षीय अर्जुन थारूलाई समेत हँसिया प्रहार गरेर गम्भीर घाइते बनाएको उनले बताए । टाउकोमा गम्भीर चोट लागेका अर्जुनको अहिले उपचार भइरहेको छ ।
महिलाको हत्यामा संलग्न आरोपमा सितारामलाई पक्राउ गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर प्रहरीका अनुसार जग्गा विवादका कारण यस्तो घटना निम्तिएको हो । मृतक भगवनी र सिताराम छिमेकी हुन् । उनीहरूबीच केही समयदेखि घरनजिकै रहेको जग्गा प्रयोगको विषयमा विवाद हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह,लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालले मिलेमतोमा करिब १२ लाख ७७ हजार ...
: सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको लिखित जवाफ पेस भएको नदेखिँदा सो त्रुटि सच्याइएको भनिएको टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सोसमेत झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आगामी पेशी हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेस गर्न आदेश दिएको छ। 'जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र ...
— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पार्टीको एकता महाधिवेशनको तयारीमा जाने बताएका छन् । जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा पार्टी महाधिवेशन गरी नयाँ तरिकाले जाने बताएका हुन् । ‘पार्टी महाधिवेशनमा छिट्टै जान्छ । पार्टीलाई नयाँ ढंगले लैजानुपर्ने आवश्कता छ,’ उनले भने । बैठकमा दाहालले नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा भएको उल्लेख गर्दै ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा पुगेको छ । घटना भएको १३ दिन बितिसक्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले अनुसन्धान ढिलाइप्रति प्रश्न उठाएका छन् । नेकपाका सांसद रणसिं परियारले बलात्कारपछि हत्या भएको आशंका गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम