मुख्य समाचार
इरानको प्रमुख प्राकृतिक ग्यासमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द
इरानको प्रमुख प्राकृतिक ग्यासमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द

: इरानको प्रमुख प्राकृतिक ग्यासमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द भएको छ। इराकी सञ्चारमाध्यमहरूले त्यहाँको विद्युत मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्।


इराकी विद्युत मन्त्रालयका प्रवक्ता अहमद मूसाका अनुसार क्षेत्रीय तनाव र ग्यास क्षेत्रमा भएको क्षतिका कारण इरानबाट आउने ग्यास आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।


रोयटर्सका अनुसार इराकले आफ्नो कुल ग्यास र विद्युत आवश्यकताको एक तिहाइभन्दा बढी (१/३) हिस्सा इरानबाट आयात गर्ने गर्दछ। यो रोकले इराकमा ऊर्जा सङ्कट निम्त्याउन सक्ने देखिएको छ।



इरानी सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमा हवाई हमला भएको दाबी गरेका छन्। तर ग्यास क्षेत्रको पेट्रोकेमिकल कम्प्लेक्समा भएको उक्त हमलामा कोही पनि हताहत भएका छैनन्।

राजनीतिक आरोप र चेतावनी

यो घटनाले क्षेत्रीय तनावलाई नयाँ मोड दिएको छ। तस्नीम न्यूज एजेन्सीले बुधबार भएको यस आक्रमणको लागि' इजरायल र अमेरिका'लाई जिम्मेवार ठहर्‍याएको छ। इरानी पक्षले यसको जवाफमा 'अमेरिका र उससँग जोडिएका सबै तेल तथा ग्यास रिफाइनरीहरू' लाई निशाना बनाउने चेतावनी समेत दिएको छ।

साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। यस क्षेत्रमा इरान र कतार दुवै देशले आफ्ना प्लान्टहरू सञ्चालन गर्दै आएका छन्। 'तस्निम'का अनुसार आक्रमण बुधबार भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम