मुख्य समाचार
रामबहादुर थापा पुन: संसद्‍मा
रामबहादुर थापा पुन: संसद्‍मा

— एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका १६ सांसदहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा पनि हुन् । उनी आदिवासी/जनजाति ‘क्लस्टर’ को पुरुषतर्फ एक नम्बर सूचीबाट सांसद बनेका हुन् ।

एमालेले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा १६ सांसद पाएको छ । एमालेका १६ समानुपातिक सांसदमध्ये सबभन्दा वरिष्ठ नेता थापा नै हुन् ।

माओवादीमा रहँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्र थापा एमालेमा प्रवेश गरेपछि ओलीका उत्तिकै प्रिय बने । २०७४ को प्रतिनिधिसा निर्वाचनमा एमाले र माओवादीबीच पार्टी एकता गर्नेगरी चुनावी गठबन्धन बन्यो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल संयुक्त चुनावी अभियानमा लागेका थिए । ०७४ मंसिर ३ मा अचानक दाहाल पुत्र प्रकाशको निधन भयो । दाहाल शोकमा भइरहेका बेला पनि चुनावी अभियान जारी रहृयो । त्यो अभियानमा दाहालले थापालाई ओलीसँगै खटाए । ओली र थापाबीच त्यहीबेला हिमचिम बढ्यो । कम बोल्ने तर पार्टीको आधिकारिक लाइन नछाड्ने थापालाई ओलीले एमालेमा अघि बढाएका छन् ।

०७५ जेठमा एमाले र माओवादीबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो । नेकपाका दुई अध्यक्ष ओली र दाहाल बने । एमाले र माओवादी मिलेर बनेको नेकपाको संसद्‍मा १७४ सिट ल्यायो । ०७४ मा थापा राष्ट्रिय सभा सदस्य बने ।

सरकारको नेतृत्व ओली र पार्टी सञ्चालन दाहालले गर्ने समझदारी भए पनि त्यो लामो समय टिकेन । नेकपा बनेको एक वर्ष नबित्दै ओली र दाहालबीच शक्ति संघर्ष सुरु भयो । उनीहरूको शक्ति संघर्ष एकले अर्कोलाई विस्थापित गर्ने तहसम्म पुगेपछि केन्द्रीय सचिवालयमा रहेका थापाले ओलीलाई साथ दिए । त्यतिबेला ओली प्रधानमन्त्री र थापा गृहमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री ओलीको विश्वासमा गृहमन्त्री थापाले काम गरे । यो थापाले ओलीलाई पारेको दोस्रो ठूलो प्रभाव थियो ।

तत्कालीन नेकपाको नौ सदस्यीय केन्द्रीय सचिवालयमा ओली अल्पमतमा परेका थिए । उनलाई नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा र तत्कालिन महासचिव विष्णु पौडेलले साथ दिएका थिए । दाहालको पक्षमा माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमा उभिएका थिए ।

२०७७ पुस पछि कपामा विवाद उत्कर्षमा पुगेर पार्टी फुट्ने अवस्थामा पुग्दा पूर्वमाओवादीका धेरै नेताहरू दाहालको पक्षमा लागे, तर थापाले ओलीलाई रोजे । संकटको सारथिका रूपमा थापा उभिएपछि ओलीले अघि बढाउँदै आएका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले ठूलो हार ब्यहोरे ओलीले संसदमा पुनः प्रवेश गराएका छन् ।

ओली र दाहालको शक्ति संघर्षका उत्कर्षमा पुगिरहेको बेला ०७७ फागुनमा सर्वोच्च अदालतले एक निवेदनमा सुनवाई गर्दै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदियो । माओवादी पृष्ठभूमिका देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू माओवादीतिर लागे भने थापाचाहिँ एमालेमै रहे । उनी एमालेमै रहनुको मुख्य कारण ओलीसँग निकट सम्बन्ध थियो ।

गत भदौको एमालेको ११ औं महाविशेनमा पूर्व माओवादी पृष्ठभूमिका नेतालाई नेतृत्वमा पुग्न सकस थियो । तर ओलीले ‘शक्ति प्रयोग गरी’ थापा र अर्का नेता लेखराज भट्ट जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई निर्देशन दिए । थापा उपाध्यक्ष र भट्ट उपमहासचिव निर्वाचित भए ।

माओवादीमा रहँदा होस् वा एमालेमा बसेको बेला थापा संस्थान पक्षमा खुलेर लाग्छन् । नेकपा रहेको बेला उनले ओलीलाई साथ थिए । एमालेमा अन्तरसंघर्ष चलेको बेला थापा संस्थापनको पक्षमा उभिन्छन् । यो उनको यो पुरानै बानी एमालेको भदौको ११औं महाधिवेशनसम्म निरन्तर रह्यो ।

ओलीको मन्त्रिपरिषद्‍मा थापा २०७७ देखि र २०७८ असारसम्म गृहमन्त्री भएका थिए । २०६४ को संविधानसभा निर्वाचनपछि २०६५ साल असारमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री र थापा रक्षामन्त्री भएका थिए ।

०६६ वैशाखमा माओवादी नेतृत्व सरकारले तत्काली प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरी बलाध्यक्ष कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन रक्षामन्त्री थापाले नै कटवाललाई कारबाही गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । राष्ट्रपति रामवरण यादवले त्यो निर्णय उल्ट्याएपछि कटवाल जोगिएका थिए ।

सरकार र नेपाली सेनाबीच विवाद चुलिएपछि २०६६ वैशाख २१ गते माओवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामा दिएका थिए । त्यसबेला माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यदिशामा अघि बढेपछि अर्का उपाध्यक्ष मोहन वैद्य पक्ष फरक मत राखेको थियो । त्यो अन्तरसंघर्षमा थापा वैद्यतिर लागेका थिए । ३ जेष्ठ, २०६९ काठमाडौंको बौद्धमा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन गरेको थियो । त्यसको एक पहिनापछि असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रूपमा विभाजित भएको थियो ।

०७३ मा जेठमा वैद्यसँग मतभेद भएपछि थापाको नेतृत्वमा अर्को दल गठन भएको थियो । त्यसपछि ०७४ को निर्वाचनको मुखमा थापा, देव गुरुङ, पम्फा भुसाल माओवादीमै फर्किएका थिए । ०७७ फागुनपछि भने थापा एमालेमा रहे भने अरू नेता माओवादीमा रहेका थिए ।

०१२ मा जन्मिएका थापा पञ्चायतकालमा कृषि विषयमा उच्च शिक्षा अध्ययनका लागि रुस (तत्कालीन सोभियत संघ) गएका थिए । उनी आफ्नो अध्ययन पूरा नगरी स्वदेश फर्केर पूर्णकालीन राजनीतिमा लागेका थिए ।

०३८ पछि तत्कालीन नेकपा (मशाल) मा आबद्ध भई राजनीतिमा सक्रिय भएका थिए । भूमिगत जीवनमा बादलका नामले उनी चर्चित थिए । माओवादीले ०५२ फागुनमा सशस्त्र युद्ध सुरु गर्नुअघि रुकुम रोल्पा कार्यक्षेत्र थियो । युद्धको आधार बनाउन त्यसबेला उनले भूमिका खेलेका थिए । त्यसतबेला रुकुम रोल्पामा ‘रुसमा शैन्य विज्ञान’ पढेको भन्दै ‘बादल’ चर्चा व्यापक चलेको थियो । माओवादी लडाकु हुन चाहनेहरूका लागि ‘बादल’ रोलमोडल थिए । कम बोल्ने तर पार्टीको लाइन स्पष्ट दिन सक्ने भएकाले रुकुम, रोल्पातिर उनको छाप परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह,लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालले मिलेमतोमा करिब १२ लाख ७७ हजार ...
: सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको लिखित जवाफ पेस भएको नदेखिँदा सो त्रुटि सच्याइएको भनिएको टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सोसमेत झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आगामी पेशी हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेस गर्न आदेश दिएको छ। 'जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र ...
— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पार्टीको एकता महाधिवेशनको तयारीमा जाने बताएका छन् । जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा पार्टी महाधिवेशन गरी नयाँ तरिकाले जाने बताएका हुन् । ‘पार्टी महाधिवेशनमा छिट्टै जान्छ । पार्टीलाई नयाँ ढंगले लैजानुपर्ने आवश्कता छ,’ उनले भने । बैठकमा दाहालले नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा भएको उल्लेख गर्दै ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा पुगेको छ । घटना भएको १३ दिन बितिसक्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले अनुसन्धान ढिलाइप्रति प्रश्न उठाएका छन् । नेकपाका सांसद रणसिं परियारले बलात्कारपछि हत्या भएको आशंका गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम