मुख्य समाचार
कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात
कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात

— कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् ।

टीकापुर क्षेत्रका केही व्यापारीले गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र प्रवेश गरेर गुल्मपति पौडेलमाथि बुधबार हातपात गरेका हुन् ।

स्थानीयका अनुसार सशस्त्रले भारतबाट ल्याइएको सामान बरामद गरेको भन्दै आक्रोशित भएका व्यापारीहरुको समूह गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र पसेको थियो । समूहमा १५ जना बढी रहेको स्थानीयले बताएका छन् ।

गुल्मका सुरक्षाकर्मीले मंगलबार एक व्यापारीले भन्सार छली गरेर भारतबाट ल्याएको ५६ हजार बढी रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका एक अधिकृतले बताए । ‘सशस्त्रले भन्सार छलीमा कडाई गर्दै आएको थियो । त्यही कारण राजस्व छली गर्दै आएका व्यापारीहरु सशस्क्रसँग अलि अगाडिदेखि आक्रोशित थिए,’ बाहिनीका ती अधिकृतले भने ‘त्यसै क्रममा अकस्मात उक्त समूह ब्यारेकभित्र घुसेर डीएसपीमाथि हातपात गरेको हो ।’

सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले घटनाको छानबिन गर्न एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको बताए । सुवेदीले उक्त गुल्ममा कार्यरत पूरै टोली फेरबदल गर्न लागिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका हुन्। सभापति थापाले निर्वाचन मतपरिणामका सवालमा 'नैतिक जिम्मा लिन्छु' भन्नु नै सकारात्मक रहेको उनको भनाइ छ। 'यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक ...
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताए
: निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनमा हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो। जसमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ...
— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा फाइल मगाउने आदेश गरेको छ। रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्चले यस्ताे आदेश दिएकाे हाे । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधीवक्ताद्वारा रविसहित ५० प्रतिवादीकाे अभियोगपत्र संशाेधन गर्ने २ फागुनमा गरेको ...
: सस्तोमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका-१२ का विवेक रेग्मी रहेका छन्। पक्राउ पर्ने भारतीयहरूमा हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हालसम्म ३ सय २८ जनाबाट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम