मुख्य समाचार
रमजानको समयमा जेरुसेलमका पवित्रस्थल लक्षित आक्रमणप्रति इजरायली दूतावासद्वारा निन्दा
रमजानको समयमा जेरुसेलमका पवित्रस्थल लक्षित आक्रमणप्रति इजरायली दूतावासद्वारा निन्दा

: रमजान पर्व सुरु भएको समयमा इजरायलको जेरुसेलमका पवित्र धार्मिक स्थलहरू नजिक मिसाइल आक्रमण भएको घटनाप्रति काठमाडौंस्थित इजरजायली दूतावासले गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ।


दूतावासले प्रेस विज्ञप्ति जारी गरेर इरानी शासनले १६ मार्चको रात जेरुसेलम र पुरानो सहर क्षेत्रका तीनै धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। उक्त आक्रमणका भग्नावशेषहरू अल-अक्सा मस्जिद परिसर, चर्च अफ द होली सेपल्कर, टेम्पल माउन्ट तथा वेस्टर्न वाल नजिक खसेको उल्लेख गरिएको छ।


विज्ञप्तिमा भनिएको छ, 'यस प्रकारका आक्रमणले जेरुसेलममा बसोबास गर्ने १० लाखभन्दा बढी यहूदी, मुस्लिम र ईसाई समुदायका नागरिकहरूलाई प्रत्यक्ष जोखिममा पारेको छ।' रमजानजस्तो पवित्र धार्मिक अवधिमा इस्लामका महत्वपूर्ण स्थलहरू लक्षित गरिनु धार्मिक मूल्य र आध्यात्मिकताप्रति गम्भीर अवहेलना भएको दाबी गरिएको छ।



दूतावासले यस्ता घटनाले इजरायलले मुस्लिमहरूको धार्मिक स्वतन्त्रता सीमित गरेको भन्ने आरोपहरूलाई आधारहीन देखाउने पनि उल्लेख गरेको छ। त्यस्ता दाबीहरू तथ्यहीन र तनाव भड्काउने उद्देश्यले गरिएको प्रयास मात्र भएको विज्ञप्तिमा जनाइएको छ। साथै, इजरायलले सबै धर्मका पवित्र स्थलहरूको संरक्षण गर्दै उपासकहरूको सुरक्षाका लागि आवश्यक रक्षात्मक उपाय अपनाउँदै आएको दाबी गरिएको छ।

दूतावासले पवित्र स्थलहरूमा गरिएको यस्तो आक्रमण अस्वीकार्य भएको बताउँदै यसले मानव जीवनसँगै धार्मिक सहअस्तित्व, सम्मान र स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई समेत जोखिममा पार्ने चेतावनी दिएको छ। सबै धर्मावलम्बीले सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो धर्म पालन गर्न पाउने वातावरण सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पुनः दोहोर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम