मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

— गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र वासु खड्काले संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । रिटको पहिलो पेसी २५ चैतमा तोकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सभा सदस्य सिफारिस भएका गृहमन्त्री अर्यालको नाम ‘होल्ड’ मा राखेका छन् ।

१ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न गृहमन्त्रीले सहयोग गरेको भन्दै राष्ट्रिय सभा सदस्यमा अर्यालको सिफारिस गरेको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले २३ र २४ भदौको जेन-जी आन्दोलनपछि बनेको सरकारमा रहेर शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सफलतापूवर्क निभाएको र आफूलाई सहयोग गरेको भन्दै अर्यालको नाम सिफारिस गरेकी थिइन् ।

राष्ट्रपति पौडेलले २१ फागुनमा भएको निर्वाचनपछि नयाँ जनादेश आएकाले तत्काल सिफारिस अनुमोदन नगरी केही दिन होल्डमा राखेका हुन् । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ८६ (२) (ख) अनुसार अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तिमा एक महिलासहित तीनजना नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा पुगेको छ । घटना भएको १३ दिन बितिसक्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले अनुसन्धान ढिलाइप्रति प्रश्न उठाएका छन् । नेकपाका सांसद रणसिं परियारले बलात्कारपछि हत्या भएको आशंका गर्दै ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका हुन्। सभापति थापाले निर्वाचन मतपरिणामका सवालमा 'नैतिक जिम्मा लिन्छु' भन्नु नै सकारात्मक रहेको उनको भनाइ छ। 'यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक ...
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताए
: निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनमा हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो। जसमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ...
— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा फाइल मगाउने आदेश गरेको छ। रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्चले यस्ताे आदेश दिएकाे हाे । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधीवक्ताद्वारा रविसहित ५० प्रतिवादीकाे अभियोगपत्र संशाेधन गर्ने २ फागुनमा गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम