मुख्य समाचार
विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा
विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा

— श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा तानिएका छन् ।

अध्यागमन कानुन उल्लंघन गरेर विदेशी खेलाडीलाई काममा लगाएको भेटिएपछि विभागले यस विषयमा छानबिन अघि बढाएको हो । कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले बिहीबार नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेर कानुनी प्रावधान अवगत गराएको थियो ।

विभागका अनुसार जावलाखेल युथ क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज, सातदोबाटो युथ, संकटा र भगवती क्लबमा भित्रिएका विदेशी खेलाडीले कार्यसहमति र श्रम स्वीकृति नलिएको भेटिएपछि छानबिन र अनुगमन थालिएको हो ।

यी क्लबहरुले उज्वेकिस्तान, जापान, घाना, नाइजेरिया, बेलायत, क्यामरुन, बुर्किनाफासोलगायत देशबाट पर्यटक भिसामा खेलाडी भित्र्याए पनि अध्यागमन विभागबाट कार्यसहमति र श्रमबाट श्रम स्वीकृति लिएका छैनन् । विभिन्न क्लबमा खेलाडी बनेर ३८ जना विदेशी नागरिक आबद्ध भएको र उनीहरुले कानुनी प्रक्रिया पूरा नगरेका कारण आवश्यक छानबिन थालिएको विभागले जनाएको छ ।

अध्यागमनले एन्फालाई भन्यो- ‘पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही’
अध्यागमनले एन्फालाई भन्यो- ‘पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही’
अध्यागमन नियमावली २०५१ अनुसार एउटा प्रयोजनमा भित्रिएका विदेशी नागरिक प्रयोजनविपरीत अरु काममा आबद्ध हुन पाउँदैनन् । अर्को प्रयोजनमा बस्न वा काम गर्न परे श्रम विभागबाट श्रम स्वीकृति र अध्यागमन विभागबाट कार्यसहमति लिनुपर्छ । कानुनमा भएको प्रावधान उल्लंघन गरेमा त्यस्ता विदेशी नागरिकलाई तोकिएको जरिवाना असुल गरी सम्वन्धित देशमै डिपोर्ट गरिने व्यवस्था छ ।

‘अध्यागमन कानुनविपरीतका गतिविधिमा संलग्न भए/नभएको विषयमा विभागबाट अनुगमन सुरु भइसकेको छ, यही प्रयोजनका लागि एन्फालाई पत्र लेखेर कुन क्लबले कार्यसहमति र श्रम स्वीकृत लिएर कति विदेशी खेलाडी भित्र्याएका छन्, यसको विवरण माग गरेका छौं,’ विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, ‘कसैले कानुनविपरीत विदेशीलाई काममा लगाएको रहेछ भने कानुनअनुसार नै कारबाही हुन्छ, अहिलेलाई एन्फासँग यसबारे जवाफ मागेका छौं ।’

यसअघि पनि पटकपटक मौखिक रुपमा यस विषयमा जानकारी माग्दा एन्फाले बेवास्ता गरेका कारण बिहीबार पत्र नै पठाएर जवाफ मागिएको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...