मुख्य समाचार
रौतहट प्रहरीले बन्कुल नाकाबाट तस्करीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
रौतहट प्रहरीले बन्कुल नाकाबाट तस्करीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

: रौतहट प्रहरीले बन्कुल नाकाबाट तस्करीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बंकुल रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले बौधीमाई नगरपालिका–७ बंकुलबाट भारत बिहार राज्य, जिल्ला मोतिहारी ग्राम पञ्चायत बिजबनिया २५ बर्षीय अर्जुनकुमार यादवलाई समेत पक्राउ गरेको छ ।


ना. ६ प. ८०२१ नम्बरको मोटरसाईकलमा ७ बोरा मिठ्ठा (गुड) लोड गरि अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख १२ हजार ४ सय बरावरको सामान र विभिन्न मिति ÷ समयमा प्रहरी चेकिङ्ग टोलीले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई अनुसन्धानमा रहेका कागज पत्र नभएका अबैध थप ७ वटा मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।


बरामद मोटरसाइकल ११ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता बिश्व प्रदिप बस्यालले जानकारी दिए । कुल मूल्य १२ लाख ८७ हजार ४ सय बरावरको अबैध सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको बस्याले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनमा हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो। जसमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ...
— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा फाइल मगाउने आदेश गरेको छ। रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्चले यस्ताे आदेश दिएकाे हाे । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधीवक्ताद्वारा रविसहित ५० प्रतिवादीकाे अभियोगपत्र संशाेधन गर्ने २ फागुनमा गरेको ...
: सस्तोमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका-१२ का विवेक रेग्मी रहेका छन्। पक्राउ पर्ने भारतीयहरूमा हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हालसम्म ३ सय २८ जनाबाट ...
: पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्। पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले पर्यटन पूर्वाधार ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । अर्का किशोर गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार सुन्दरहरैँचा–५ मा बाँसबारीमा बिहान १०:३० बजेतिर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम