मुख्य समाचार
लुकाइएका ६ सय सिलिन्डर फेला
लुकाइएका ६ सय सिलिन्डर फेला

— रूपन्देही प्रशासनले उपभोक्ताको बढी गुनासो आउने गरेको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा सरोकारवाला निकायहरूसहितको सहभागितामा संयुक्त अनुगमनलाई तीव्रता दिएको छ ।

इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेलले उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि संयुक्त अनुगमन कार्यलाई तीव्र पारिएको बताए । उनका अनुसार सोमबारदेखि ग्यास अभावलाई मध्यनजर राख्दै संयुक्त बजार अनुगमन तीव्र बनाइएको हो । आइतबारयता बुटवल, तिलोत्तमा र सैनामैना नगर क्षेत्रमा साढे दुई दर्जन ग्यास बिक्रेतामाथि अनुगमन भइसकेको छ ।

अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च, स्थानीय उद्योग वाणिज्य संघ, व्यापार संगठन, व्यापार संघ, नगरपालिकाका प्रतिनिधि र सुरक्षाकर्मीसहितको टोली संयुक्त अनुगमनमा खटेको छ ।

टोलीले रूपन्देहीको पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा एक दर्जनभन्दा धेरै ग्यास बिक्रेताले बढी मुनाफा कमाउन खाना पकाउने ग्यास लुकाएर राखेको पाइएको जनाएको छ ।

अनुगमनमा सहभागी ग्यास विक्रेता संघ रूपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले सैनामैना र बुटवल क्षेत्रका १७ वटा ग्यास डिलरमा अनुगमन गर्दा १५ वटामा लुकाइ छिपाइ राखिएका ६ सय जति ग्यास सिलिन्डर फेला परेको बताए ।

‘अनुगमनका क्रममा केही बिक्रेताले नियम विपरीत ग्यास सिलिण्डर लुकाएर वितरणमा असहज परिस्थिति बनाएको र केहीले बढी पैसा असुल्ने गरेको पाइएको छ,’ पन्थले भने, ‘बढी पैसा असुलेका केही ग्यास बिक्रेताबाट तत्कालै उपभोक्तालाई पैसा फिर्ता गराइएको छ ।’

उनका अनुसार जसमध्ये, सैनामैना नगरपालिकाको मुर्गियास्थित रानिबगियामा रहेको लाङ्घाली ग्यास सप्लायर्सले आधा सिलिन्डर ग्यासलाई १ हजार रुपैयाँ मूल्य कायम गरेर त्यसमाथि प्रतिसिलिन्डरमा ३ सय रुपैयाँ अतिरिक्त लिएर बिक्री गरेको अनुगमनका क्रममा पाइएको छ । प्रतिआधा सिलिन्डर ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...
। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, ...
। देशभरिका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो । चालु आवको साउनमा सबैभन्दा ...