मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मिति अनिश्चित
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मिति अनिश्चित

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मिति अनिश्चित बनेको छ । १९ कार्तिक २०८२ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ दलको एकता सम्झौतमा ५ महिनाभित्र महाधिवेशन गर्ने सहमति गर्दै तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक र समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजक तोकेको थियो ।

संयोजक दाहाल र सहसंयोजक नेपालको नेतृत्वमा चुनावमा गएको नेकपाको आकार खुम्चिएपछि महाधिवेशनको माग चर्किन थालेको छ । जेन-जी आन्दोलनपछि दाहालले अध्यक्ष पद छाडेको भन्दै आफूलाई संयोजक घोषणा गरेका थिए । असोज तेस्रो साता उनले भनेका थिए, ‘जेन-जी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्छ भनेर नै केन्द्रीय समिति भंग गर्ने, आयोजक समिति बनाउने, अध्यक्ष पद छोड्ने, संयोजक हुने, अधिवेशनमा जाने र लिडरसिप नै बदल्ने बारे मैले प्रष्ट रुपमा केन्द्रीय समिति बैठकमा भनेको थिएँ ।’

संयोजक दाहाल ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् । नेकपाका नेताहरूका अनुसार नेतृत्व हस्तान्तरण गर्न दाहाल इच्छुक छैनन् । ‘प्रचण्ड संयोजक हुँदै फेरि अध्यक्ष हुने तयारीमा हुनुहुन्छ,’ नेताहरु भन्छन् ।

माओवादी र नेकपा एकीकृत समाजवादीलगायत दलबीच कार्तिकमा भएको सहमतिअनुसार यहि बैशाखमा एकता महाधिवेशन गर्नुपर्ने हुन्छ । ‘आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ,’ सहमतिपत्रमा उल्लेख छ । तर, महाधिवेशनका लागि पार्टीभित्र प्रारम्भिक तयारी समेत भएको छैन ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
सुरुमा ८ दलबीच भएको एकता अभियानमा २५ पुगिसकेको छ । केन्द्रीय समिति सदस्यहरू २ हजार ५ सय पुगिसकेका छन् । नेकपा जन्मिएपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । विधानअनुसार केन्द्रीय कार्य समिति ६०१ जनाको हुने उल्लेख छ । तर, अहिलेसम्म यो समिति समेत बनिसकेको छैन । महाधिवेशन आयोजक समितिका २ हजार ५ सय सदस्यले जिम्मेवारी समेत पाएका छैनन् ।

नेकपाले केन्द्रीय पदाधिकारी नबनाई संयोजक दाहाल र सहसंयोजक नेपालमार्फत सबै निर्णय हुँदै आएको छ । उनीहरूले आवश्यकताअनुसार वरिष्ठ नेताहरूलाई सहभागी गराई महत्वपूर्ण निर्णय गर्दै आएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि समानुपातिक सूची बनाउने र प्रत्यक्षतर्फ टिकट वितरण उनीहरूकै निर्णयमा भएको थियो । २५ दलको नेकपाले निर्वाचनमा भने प्रत्यक्षतर्फ ८ र समानुपातिक ९ गरी १७ सिट जितेको छ ।

नेता बेदुराम भुसाल भन्छन्- महाधिवेशन गर्नेमा पार्टीभित्र कुनै विवाद छैन

नेकपा नेता बेदुराम भुसाल भने महाधिवेशन गर्ने विषयमा पार्टीभित्र विवाद नभएको दाबी गर्छन् । ‘पार्टी एकताका क्रममा ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो । निर्वाचन सम्पन्न भइसकाले अब कहिले र कसरी गर्ने भन्ने छलफल हुनेछ,’ उनले भने, ‘केन्द्रीय महाधिवशेन पहिले गर्ने कि तल्ला समितिबाट गर्ने भन्ने छलफलको विषय हो ।’

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
नेपालका कम्युनिस्ट पार्टीहरू सामूहिक नेतृत्वमा चल्नुपर्ने माग हुँदै आएको छ । व्यक्तिलाई धुरी बनाउने प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीहरूको विधि ओझलमा परेको नेता भुसालको भनाइ छ । ‘व्यक्तिलाई धुरी बनाउने प्रवृत्ति छ । कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व मुख्य विधि हो । यो कमजोर भयो कि भन्ने प्रश्न छ,’ उनले भने, ‘व्यक्ति होइन, कमिटी निर्णायक बनाउनुपर्छ ।’

निर्वाचन परिणामले पार्टीको समग्र पुनर्संरचना अवश्यक देखिएको युवा नेताहरुको भनाइ छ । नेकपाको जम्बो कमिटी प्रभावकारी नभएकाले अब ढिला नगरी पार्टी पुनर्संरचना गर्ने अभियानमा लाग्नुपर्ने नेकपाका नेता लेखनाथ न्यौपानेको भनाइ छ ।

‘निर्वाचन परिणामले देखाइसक्यो कि अब पार्टीका पुनर्संरचना नगरी सुखै छैन,’ उनले भने, ‘वैचारिक, सांगठनिक, मुद्दाको पुनर्संचना गर्न जरुरी भइसकेको छ ।’

गोरखा-२ बाट नेकपाका उम्मेदवार न्यौपानेले परम्परागत वैचारिक मुद्दाले जनताको मत जित्न नसकिकने भएकाले भौतिक र टेक्नोलोजीको विकाससँग कम्युनिस्ट विचारलाई परिस्कृत गर्नुपर्ने बताए ।

‘अब परम्परागत विचारले काम गर्ने देखिँदैन । विचारलाई परिस्कृत गर्दै जनताले भोगिरहेका विभेद अब मुद्दा बन्नुपर्छ,’ उनले भने, ‘भौतिक विकासले विभेद हटाउँदैन । सामाजिक न्यायको विषय महत्वपूर्ण हुन्छ । त्यो नीति कसरी कार्यान्वयन गर्ने मुख्य विषय हो ।’

ads/1440x233px-dew-aston-0432026041034.png
नेकपामा नीति कि नेतृत्व परिवर्तन भन्ने बहस चल्दै आएको छ । संयोजक दाहाल नीति नै प्रमुख भएकाले त्यसमै जोड दिनुपर्ने पक्षमा छन् । हाल नेकपाबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका जनार्दन शर्माले माओवादीमा रहँदा नीति फेर्न, नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । संयोजक दाहाल र उनीबीच अन्तरसंघर्ष चर्किएकपछि उनी नेकपामा सामेल भएनन् ।

निर्वाचनपछि युवा नेताहरूले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताउन थालेका छन् । ‘समग्र पार्टी रुपान्तरण अहिलेको आवश्यकता हो । नीति र नेतृत्व एकअर्कासँग सम्बन्धित विषय हो,’ नेता सरल सहयात्रीले भने, ‘नीति र नेतृत्व रुपान्तरणले मात्र पार्टी निर्माण गर्न सकिन्छ ।’

माओवादीको आठौं महाधिवेशन पुस २०७८ मा र एकीकृत समाजवादीको असार २०८१ मा भएको थियो । माओवादी महाधिवेशनले दाहाललाई र एकीकृत समाजवादीले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

दुई दलले जेन-जी आन्दोलनपछि पार्टी रुपान्तरण गर्ने भन्दै नेकपा गठन गरेका थिए । त्यसको संयोजकमा दाहाल र सहसंयोजमा नेपाल तोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम