मुख्य समाचार
तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आय आर्जन बढाउन सहयोग पुर्‍याउन १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण
तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आय आर्जन बढाउन सहयोग पुर्‍याउन १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण

— तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आय आर्जन बढाउन सहयोग पुर्‍याउन १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ जितपुरद्वारा सहकारीमा आधारित कृषकद्वारा गरिने चकलाबन्दी कार्यक्रमअन्तर्गत मिनिटिलर प्रदान गरिएको हो ।

कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख राकेश ओझाले बुद्धभूमि नगरपालिका–१० मा रहेको धनकौली कृषि सहकारी संस्थाका अध्यक्ष महन्त केवटलाई हस्तान्तरण गरे । सहकारीमा आबद्ध कृषकलाई लहरे तरकारी बाली लगाउन प्रोत्साहन गर्ने उद्देश्यले मिनिटिलर प्रदान गरिएको हो । ७५ हजार लागत रहेको मिनिटिलरको ५० प्रतिशत मूल्य अनुदान दिइएको छ ।

मिनिटिलरसँगै स्प्रे टंकी, सिंचाइका लागि १० किलो डेलिभरी पाइप, रेशम धागो र बीउ बिषादी प्रदान गरिएको छ । मिनिटिलर जोत्न र गोडमेल गर्न उपयोगी छ । त्यस्तै अहिले वितरित मिनिटिलरमा सिंचाइ र स्प्रे गर्न थप उपकरण जोडेर गर्न सकिने सुविधा दिइएको छ ।

जिल्लामा बुद्धभूमि नगरपालिका–१० तरकारी उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। इन्डोनेसियाको बालीमा आयोजित एसियाली संसदीय स्वास्थ्य तथा अर्थ समिति सभापतिहरूको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै बुढाथोकीले नेपालको स्वास्थ्य प्रणालीका चुनौती, सुधारका सम्भावना र आवश्यक नीतिगत प्राथमिकताबारे धारणा राखेका थिए। उनले नेपालको तर्फबाट स्वास्थ्य क्षेत्रको दिगो वित्तपोषण, नीतिगत सुधार, सुशासन, ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ...
। चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको ...
: तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ...
: आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। ...