मुख्य समाचार
सिरानचोक र अजिरकोट गाउँपालिकाले प्राकृतिक सौन्दर्यलाई असर पुग्ने गरी लालीगुराँस टिप्न रोक
सिरानचोक र अजिरकोट गाउँपालिकाले प्राकृतिक सौन्दर्यलाई असर पुग्ने गरी लालीगुराँस टिप्न रोक

— सिरानचोक र अजिरकोट गाउँपालिकाले प्राकृतिक सौन्दर्यलाई असर पुग्ने गरी लालीगुराँस टिप्न रोक लगाएका छन् ।

सिरानचोक गाउँपालिकाअन्तर्गत सिरानचोककोट, श्रीनाथ मण्डली तथा चित्रेपोखरी आसपास क्षेत्रमा प्राकृतिक सौन्दर्यमा असर पर्ने गरी लालीगुराँसका बोटबाट फूल टिप्न, हाँगा भाँच्न र हुर्किरहेका नयाँ विरुवालाई क्षति पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ ।

त्यस्तै अजिरकोट गाउँपालिकाले पनि लालिगुराँसका बोटबाट फूल टिप्ने कार्य नगर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । अजिरकोटअन्तर्गत सिरानडाँडा, भच्चेक, कालिका मन्दिर परिसर क्षेत्रमा फुलेका लालीगुँरासबाट फूल टिप्ने, हाँगा भाँच्ने गरेको पाइएको भन्दै यदि कोही कसैले लालीगुराँसका फूल टिप्ने, हाँगा भाँच्ने गरेको पाइए कानुनबमोजिम सख्त कारबाही हुने गाउँपालिकाले चेतावनी दिएको छ ।

सिरानचोक र अजिरको तथा धार्चे गाउँपालिकाको गुप्सीपाखा क्षेत्रमा अहिले थरीथरीका लालिगुराँस फुलेका छन् । वसन्त ऋतुको आगमनसँगै लालिगुराँस फुलेपछि यस क्षेत्रमा आन्तरिक पर्यटक पनि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम