मुख्य समाचार
भेरी किनारमा आमाछोरीको शव भेटियो, ५ वर्षीय छोरा अझै बेपत्ता
भेरी किनारमा आमाछोरीको शव भेटियो, ५ वर्षीय छोरा अझै बेपत्ता

— सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत र उनकी ११ वर्षीया छोरी आशाको शव भेरी नदी किनारमा फेला परेको छ । दुई जनाको शव भेटिए पनि सँगै रहेका ५ वर्षीय छोरा फेला परेका छैनन् ।

सोमबार बेलुका लेकबेसी नगरपालिका–३ पटारे भन्ने ठाँउमा मायाको शव भेटिएको थियो भने छोरीको शव गुर्भाकोट नगरपालिका–१२ स्थित भेरी किनारमा भेटिएको थियो ।

सम्पर्कविहीन भएकी मायाको चप्पल, झोला र मोबाइल नदी किनारमा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले खोजतलास गर्दा आमाछोरीको शव फेला पारे पनि छोराको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मायालाई श्रीमानले कुटपिट गर्ने गरेको खुल्न आएको छ । लामो समय भारतमा काम गर्दै आएका मायाका श्रीमान भुपेन्द्र कठायत ६ महिनायता अटो चलाउँदै आएका छन् । अटो चलाउन थालेदेखि माया र भुपेन्द्रबीच खटपट सुरु भएको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी प्रमुख प्रकाश केसीले मायाका माइती र घरपरिवारसँग भेटेर अनुसन्धान गरिरहेको बताए । ‘अहिलेसम्म छोरालाई फेला पार्न सकिएको छैन, कतैबाट जाहेरी पनि आएको छैन,’ उनले भने, ‘हामीले श्रीमानलाई निगरानीमा राखेका छौं । घटनाको प्रकृति हेर्दा घरेलु हिंसाजस्तो नै देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बलकको खोजी जारी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम