मुख्य समाचार
मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम नवीकरण गर्ने निर्णय
मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम नवीकरण गर्ने निर्णय

— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम नवीकरण गर्ने निर्णय गरेको छ । यसले बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो ।

श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण दिने निर्णय गरेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार गत माघसम्म नयाँ र पुरानोसहित ७० हजार ५०३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो । तीमध्ये ४८ हजार २२६ जनाले पश्चिम एसिया ती १२ देशमा जान श्रम स्वीकृति लिएका थिए । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य मुलुकमध्ये ४ गन्तव्य खाडीका कुवेत, युएई, साउदी र कतार हुन् । विमान सेवा नियमित नहुँदा युरोपको भिसा भएका श्रमिकले पनि उड्न पाइरहेका थिएनन् ।

१६ फागुनमा अमेरिका र इजरायलले इरानमाथि हमला थालेका थिए । लगत्तै इरानले अमेरिकी बेस क्याम्पलाई लक्षित गरी खाडीका सबै देशमा जवाफी हमला गर्न थालेपछि असुरक्षा बढेको हो । फागुनमा विभागले नयाँ र पुरानो गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ । १६ फागुनसम्ममा पश्चिम एसियाका १० देशमा नयाँ भिसा पाइसकेका १४ हजार ५ सय ३६ जनालाई मात्र श्रम स्वीकृति दिइएको थियो, तीमध्ये पनि धेरैजसो उड्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम