मुख्य समाचार
ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताए
ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् ।

‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी त्यसको प्रयोग गर्ने देशहरूलाई दिइयो भने के हुन्छ ? भन्ने म सोचिरहेको छु,’ ट्रम्पले भनेका छन्, ‘हामी त्यसको प्रयोग गर्दैनौँ, अरूले गर्छन् ।’




यसले अमेरिकाका केही ‘सुस्त सहयोगी’ हरूलाई छिट्टै सक्रिय हुन बाध्य पार्ने ट्रम्पले टिप्पणी गरेका छन् ।

ट्रम्पले अघिल्लो ट्रूथ पोस्टमा इरान ‘विश्वको नम्बर एक आतंक समर्थक देश’ भनेर टिप्पणी गरेका थिए । जसमा अमेरिकाले आतंकवाद समर्थन गर्ने ती सबै गतिविधि छिट्टै बन्द गर्ने दाबी गरेका थिए ।




इरानमाथि अमेरिका र इजरायलले सैन्य हमला गरेपछि इरानले होर्मुज नाकामा नाकाबन्दी गरेको छ । जसले विश्वभरको ऊर्जा आपूर्तिमा संकट सिर्जना भएको छ ।

यसअघि होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम