मुख्य समाचार
मोरङको रंगेलीमा पहिलो पटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु
मोरङको रंगेलीमा पहिलो पटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु

: मोरङको रंगेलीमा पहिलो पटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा इलाका प्रशासन कार्यालय रंगेलीमार्फत सुरु गरिएको सेवाले लामो समयदेखि भोग्दै आएको नागरिकताको झन्झटिलो प्रक्रियामा महत्वपूर्ण सहजता ल्याएको स्थानीयले बताएका छन् ।


यसअघि आमाको नामबाट नागरिकता लिन सेवाग्राहीहरूलाई अनिवार्य रूपमा विराटनगर पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक दूरी, खर्च र समयको कारण धेरै नागरिकहरू अधिकारबाट वञ्चित हुने अवस्था रहेको थियो । यही समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेल स्वयं रंगेली नै पुगेर सेवा प्रवाह सुरु गरेका हुन् ।


कट्टेलले नागरिकलाई आधारभूत अधिकार दिलाउन प्रशासन नागरिककै घरदैलोमा पुग्नुपर्ने नीति अनुसार काम भइरहेको बताए ।



उनका अनुसार स्थानीय तहमै सेवा विस्तार गर्दा नागरिकको पहुँच बढ्ने मात्र नभएर राज्यप्रतिको विश्वास पनि बलियो बन्ने अपेक्षा गरिएको छ । कट्टेल आफैं रंगेली पुगेर आमाको नाममा नागरिकता जारी गरेर प्रदान गरेका हुन् ।

रंगेलीबाट दाजुभाइले पहिलो पटक यो सेवा लिएका छन् । रंगेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकार आमाको नामबाट नागरिकता प्राप्त गर्ने पहिलो सेवाग्राही बनेका हुन् । बुवाको निधन भइसकेका कारण उनीहरूले आमा फुलोदेवी मिस्त्रीको नामबाट नागरिकता पाएका छन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले प्रशासनप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएका छन् । पहिले नै बुवाको मृत्यु भइसकेको र आमाको नामबाट नागरिकता जारी नहुने गरेका कारण आफूहरु नागरिकताबाट लामो समयसम्म वञ्चित हुनु परिरहेको गुनासो उनीहरुको थियो ।

नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रोशन अधिकारीसहित अन्य कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रमलाई सफल बनाउन इलाका प्रशासनका कर्मचारीहरूले सक्रिय समन्वय गरेका थिए ।

रंगेली क्षेत्रबाट आमाको नाममा नागरिकता लिन आवेदन दिएका अन्य २१ जनाको पनि स्वीकृति भइसकेको छ । इलाका प्रशासन कार्यालयले उनीहरूलाई पनि चाँडै नागरिकता वितरण गर्ने तयारी भइरहेको जनाएको छ । आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै रंगेली क्षेत्रका बासिन्दामा उत्साह देखिएको छ । लामो समयदेखि कानुनी पहिचान खोज्दै संघर्ष गरिरहेका नागरिकहरूका लागि यो कदम राहत र अधिकार सुनिश्चितताको दिशामा महत्वपूर्ण प्रगति मान्नुपर्ने प्रजिअ कट्टेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए । ‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यो दिन तीन हजार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना प्रकट गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । त्यसयता ओली गुण्डुस्थित निवासमा अशौच बसेका छन् ।
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...