: जवरजस्ती करणी मुद्दामा दोषी ठहर भई ६ बर्ष कैद तोकिएपछि फरार भएका चन्द्रवीर थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको साविक मनकामना गाविस, तर हाल विरुवा गाउँपालिका–८ का थापालार्ई विशेष अप्रेसन टोलीले मंगलबार पक्राउ गरेको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।
फरार थापालाई पक्राउपछि आवश्यक कारवाही कैद भुक्तानका लागि मंगलबार अदालतमा पेश गरिएको थियो । स्याङ्जा जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेको छ ।