मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार बनाउने तयारी गरिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोली काठमाडौं आइपुगेको छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार बनाउने तयारी गरिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोली काठमाडौं आइपुगेको छ

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार बनाउने तयारी गरिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोली काठमाडौं आइपुगेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागबाट नेपाल हेर्ने अधिकारी चङ योया नेतृत्वको चार सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको छ। यही टोली गत माघ ८ गते पनि काठमाडौं आएको थियो।


एयर चाइनाको जहाजबाट छेन्दु हुँदै उच्चस्तरीय चिनियाँ टोली काठमाडौं ओर्लिएको हो। चङ योया नेतृत्वकै तीन सदस्यीय टोली फागुन २१ को निर्वाचनअघि काठमाडौं आएर निर्वाचनको परिस्थिति मूल्यांकन गरेको थियो। उनी नेतृत्वकै टोली निर्वाचनको मतपरिणामसँगै काठमाडौं आएको हो।


अमेरिकी सेनाको उच्च स्तरीय टोली भ्रमण सकाएर फर्किएकै दिन चिनियाँ उच्च स्तरीय टोलीसमेत काठमाडौं आइपुगेको स्रोतले बताएको छ। काठमाडौं आएलगत्तै उक्त टोलीले राजनीतिक भेटघाट सुरु गरेको स्रोतले दाबी गरेको छ। काठमाडौं बसाइकै क्रममा उक्त चिनियाँ टोलीले सरकार निर्माणको प्रक्रिया, नयाँ सरकारले चीनलाई हेर्ने दृष्टिकोण र चिनियाँ परियोजनाहरूको कार्यान्वयनको विषयमा बुझ्ने प्रयास गर्नेछ।



चिनियाँ परियोजना बीआरआई कार्यान्वयन गर्नेबारे दुई मुलुकबीच हस्ताक्षर भए पनि उक्त परियोजना अपेक्षाकृत अघि बढ्न सकेको छैन। उक्त चिनियाँ टोली नेपाल बसाइका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भेट्ने प्रयास गर्नेछ। साथै, उक्त टोलीले रास्वपाका सभापति रवि लामिछाने, अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनाललगायत उच्च स्तरीय टोलीसँग भेट गर्ने स्रोतले बताएको छ। सो टोलीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपाका एमालेका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ।

चीनले परिवर्तित राजनीतिक अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर अघि बढ्ने संकेत देखाएको छ। सीपीसीले रास्वपालाई शुभकामना सन्देश पठाएर नयाँ सरकारसँग चीनले मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र सहकार्यलाई गहिरो बनाउने बताएको छ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा भनिएको छ, 'दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी सिकाइलाई गहिरो बनाउन तयार छौं। यसले द्विपक्षीय सम्बन्धको निरन्तर, सुदृढ र स्थिर विकास प्रवर्द्धन गर्न हामी संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गर्न सकौं।'

सीपीसीले रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेको छ। उसले रास्वपाबाट पनि सहकार्यको अपेक्षा गरेको छ। 'रास्वपाले चीनसँगको मैत्री सम्बन्धलाई निरन्तरता दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन तथा विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यलाई गहिरो बनाउँछ भन्ने विश्वास लिएका छौं,' शुभकामना सन्देशमा भनिएको छ।

सीपीसीले नेपालसँग भएको बीआरआईलगायत महत्त्वपूर्ण सम्झौताहरू रास्वपाले कार्यान्वयन गर्नेमा पनि विश्वस्त देखिएको छ। उसले भनेको छ, 'पहाड र नदीहरूले जोडिएका चीन र नेपालबीच दीर्घकालीन मित्रता छ। नयाँ परिस्थितिमा, चीन नेपालसँग सहकार्य गर्दै राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, बेल्ट एन्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न तत्पर छ।'

जवाफमा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको छ। रास्वपा नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,' खनालद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए । ‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यो दिन तीन हजार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना प्रकट गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । त्यसयता ओली गुण्डुस्थित निवासमा अशौच बसेका छन् ।
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...