मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध घुस/रिसवतसम्बन्धी कसुरमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।


आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवैजनाले घुस लिएको र दिएको पुष्टि हुन आएपछि आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको जानकारी दिए।


आयोगका अनुसार शाह विगत ८ वर्षदेखि चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियरका रूपमा करार सेवामा कार्यरत थिए। उनले सेवा करारको म्याद थप तथा निरन्तरताका लागि नगर प्रमुख वादीले एक लाख रुपैयाँ मागेको र उक्त रकम दिन नसकिने बताएपछि करार नवीकरण नभएको उजुरी दिएका थिए।



उजुरीमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि म्याद थप गर्दा नगर प्रमुखले रकम मागेका थिए। रकम बुझाएपछि मात्रै उनको करार नवीकरण गरिएको थियो। तर आर्थिक वर्ष २०८२/८३ का लागि पुनः एक लाख रुपैयाँ माग्दा नगद उपलब्ध गराउन नसक्ने बताएपछि उनको करार नवीकरण नगरी सेवाबाट हटाइएको पनि उजुरीमा उल्लेख छ। उनले पहिलो पटक रकम जम्मा गरेको बैंक भौचरसमेत प्रमाणका रूपमा पेश गरेका थिए।

अनुसन्धानका क्रममा नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै करार नवीकरण गराइदिने नाममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐने २०५९ को दफा ३ अन्तर्गतको कसूर ठहर गरिएको छ।

यसैगरी, आयोगले शाहले पनि आफ्नो करार अवधि थप गराउन नगर प्रमुखलाई मोलाहिजा गरी २०८० साउन ८ गते (२४ जुलाई २०२३) वादीको बैंक खातामा १ लाख रुपैयाँ जम्मा गरेको प्रमाण फेला परेको जनाएको छ। यस आधारमा उनीमाथि पनि घुस दिने कसुर स्थापित भएको आयोगको निष्कर्ष छ।

आयोगले नगर प्रमुख वादीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी कैद,जरिवाना तथा घुस रकम जफतको माग गरेको छ। साथै सार्वजनिक पदमा बहाल रहेको अवस्थामा कसुर गरेको भन्दै थप सजायसमेत मागदाबी गरिएको छ।

त्यस्तै, शाहविरुद्ध पनि बिगो बराबरको जरिवाना,कैद सजाय र दिएको घुस रकम जफत गर्न माग गर्दै सोही ऐनअनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए । ‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यो दिन तीन हजार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना प्रकट गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । त्यसयता ओली गुण्डुस्थित निवासमा अशौच बसेका छन् ।
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...