मुख्य समाचार
शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा आज भएका २ खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात
शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा आज भएका २ खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात

: शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा आज भएका २ खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । च्यासल मैदानमा आज भएको पहिलो खेलमा संकटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई ४–० ले पराजित गरेको हो । संकटाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा १ गोल थप्दै संकटाले खेल जितेको हो ।


संकटाका लागि खेलको छैटौं मिनेटमा विन टुनले गोल गर्दै अग्रता बनाएकी हुन् । २६ औं मिनेटमा लुसिया मोकाम्बिले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएकी हुन् । दोस्रो गोलको २ मिनेटपश्चात सुक्रिया मियाले गोल गर्दै पहिलो हाफ एकतर्फी रुपमा संकटाको पक्षमा परेको हो ।


खेलको ५२ औं मिनेटमा क्विनाबेल अमान्ख्राले संकटाको लागि चौथो गोल गरिन् । न्यूरोडले सान्त्वना गोल समेत फर्काउन सकेन । आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५–० ले हराएको छ । आर्मीको जितमा अन्जना थुलुङ राईले २ गोल गरिन् ।



दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा आर्मीले ५ गोल गर्‍यो । खेलको ५७ औं मिनेटमा दिपा शाहीको गोलमार्फत आर्मीले अग्रता बनाएको थियो । ६८ औं मिनेटमा हिमा चौधरीले गोल गरिन् । खेलको ८६ औं मिनेट र खेलको निर्धारित समयको अन्तिम मिनेटमा अन्जनाले लगातार २ गोल गरिन् । नियमित खेलको थप गरिएको समयमा तुलसा बोहोराले गोल गर्दै आर्मीको ५–० को जित सुनिश्चित गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...