मुख्य समाचार
श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा
श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा

। श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएको हो ।

राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा दिने निर्णयमा पुगेको जानकारी गराएका थिए ।

बीबीसीका अनुसार श्रीलंकाको यो निर्णय एशियाली देशहरूले लिएको खर्च कटौतीका उपायहरूको श्रृंखलाको पछिल्लो कदम हो । युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएको छ ।

अन्य एसियाली देशहरूले के गरिरहेका छन् ?

इन्धन अभावको सामना गर्न एसियाका अन्य देशहरूले पनि विभिन्न किसिमका किफायती उपाय अपनाएका छन् । थाइल्याण्डमा सरकारले एयर कन्डिसनको प्रयोग घटाउनका लागि मानिसहरूलाई कोट–सुटको सट्टा छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरेको छ ।

म्यानमारमा निजी सवारीसाधनहरूलाई जोर–बिजोर नम्बरका आधारमा आलोपालो मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

बंगलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सारेको छ र देशभर ऊर्जा बचत गर्न योजनाबद्ध रूपमा विद्युत कटौती लागू गरेको छ ।

फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न निर्देशन दिएका छन् । त्यहाँका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सार्वजनिक क्षेत्रमा अनावश्यक यात्रा पनि प्रतिबन्ध लगाएका छन् ।

मार्कोसले ट्राइसाइकल चालक, किसान र माछा मार्नेहरूलाई बढ्दो इन्धन मूल्यको असर कम गर्न ३ हजारदेखि ५ हजार पेसोससम्म नगद सहयोग दिने घोषणा पनि गरेका छन् ।

यसैगरी भियतनामले नागरिकहरूलाई इन्धन बचत गर्न घरमै बस्न प्रोत्साहन दिएको छ । साथैसाइकल चलाउन, सार्वजनिक यातायात प्रयोग गर्न र आवश्यक नभएसम्म निजी सवारी प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

श्रीलंकाले अरु के गरिरहेको छ ?

श्रीलंकामा लागू गरिएको चार दिने कार्यसप्ताह विद्यालय र विश्वविद्यालयमा पनि लागू हुनेछ । तर स्वास्थ्य र आप्रवासन जस्ता अत्यावश्यक सेवा दिने सरकारी संस्थाहरूमा यसको असर नपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

सरकारले अतिरिक्त बिदाका रूपमा शुक्रबारको सट्टा बुधबार रोजेको हो, ताकि सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् ।

अब सवारी चालकहरूले ‘नेशनल फ्युल पास’का लागि दर्ता गर्नुपर्नेछ, जसअनुसार इन्धन खरिदको मात्रा सीमित गरिएको छ ।

यसले केही श्रीलंकाली नागरिकमा असन्तुष्टि पैदा गरेको छ । उनीहरूको भनाइमा निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरको कोटा निकै कम छ ।

यो प्रणाली पहिलो पटक २०२२ मा लागू गरिएको थियो, जब देशले आफ्नो सबैभन्दा ठूलो आर्थिक संकट भोगेको थियो भने विदेशी मुद्रा अभावका कारण आवश्यक वस्तु तथा इन्धन आयात गर्न नसकेको थियो ।

गत महिना अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ र अहिले प्रति ब्यारेल करिब १०० डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम