मुख्य समाचार
भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा
भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा

। भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक रु तीन करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।

महानगरपालिकाले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरु उपलब्ध गराई सकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ ।

जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए ।

अब रोपिने बिरुवा संरक्षणका लागि रु एक करोड ९० लाख विनियोजन गरिएको हो ।

हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीनजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा ...
। वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् । प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको ...
। नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान ...
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस