मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन्

। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् ।

यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए ।

‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भने ।

सुधन गोरखा-१ बाट निर्वाचित भएका नयाँ सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा ...
। वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् । प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको ...
। नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान ...
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस