मुख्य समाचार
डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

। डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका हुन् ।

दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् ।

दुवैको अवस्था मध्यम रहेको छ ।

उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब ३ सय मिटर खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा ...
। वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् । प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको ...
। नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान ...
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस