मुख्य समाचार
जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह
जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले सम्बोधनको क्रममा भने ।

साथै, उनले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए ।

‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ,’ अर्यालले अघि भने, ‘हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ । हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’

अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको पनि उनले बताए ।

‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ,’ उपसभापति अर्यालले भने, ‘हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नुहुनेछ । हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्नेछ । हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्नेछ ।’

उनले सबै निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई गम्भीर रुपमा तयारी हुन पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो । तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुुक्त गरेको १५ शैय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई ...
। जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेल पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेका थिए । त्यस्तै ...
। हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ । ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको ...