मुख्य समाचार
जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ

। जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुकसमेत बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

साथै, प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको पनि जानकारी दिइएको छ । प्रहरीका अनुसार सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध तथा साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा करिब २ हजार १ सय ४१ नागरिकको सहभागिता रहेको तथ्याङ्क छ ।

नागरिक सुनुवाइका क्रममा स्थानीयले पछिल्लो समय बढ्दै गएको आत्महत्या र साइबर अपराधका चुनौतीलाई सम्बोधन गर्न माग गरेका छन् । शान्ति सुरक्षालाई थप मजबुत बनाउन नियमित गस्ती तथा सूचना संकलनलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ । ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको ...
। हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । ...
। सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते ...
। हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताएका हुन् । ६ वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका युवा किसान बस्नेतले गत असोज महिनामा बाढीको डुबानबाट पीडित भएका किसानहरुले आइतबारको हावाहुरीले पुनः क्षति व्यहोरेको बताए । उनले आफ्नो फार्मममा मात्रै ...
। अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको ...