मुख्य समाचार
यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताए
यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताए

। पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दैै पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे ।

साथै, उनले अब भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने टिप्पणी गरे ।

राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उनको जोड थियो ।

पूर्वराष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।

ठूलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा उनले राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् । यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए । ‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब ...
। नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी ...
। पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँबायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार ...
। पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटना भएकामा ४ जनाको ज्यान गएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ । सोमबार साँझको ...
। डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको ...