मुख्य समाचार
जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण
जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण

। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् ।

नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइन् ।

सोही अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।सेवाग्राहीलाई दु:ख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शुन्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी गृहमन्त्री अर्यालको थियो ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको, लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो व्यापक रूपमा उठ्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ । यो सूचीमा विश्वभरका भ्रमण गर्न र बस्नयोग्य १ सय उत्कृष्ट तथा असाधारण गन्तब्य समेट्ने गरिन्छ । शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यो लजले उत्तरी अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने यात्रुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । यहाँ पाहुनाले आराम, शैली र ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताएकी छन् । उपभोक्ता अदालत स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बजार अनुगमन तथा कारबाहीका विषयमा स्थानीय तहलाई प्रशस्त अधिकार नदिइएको बताएकी हुन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट गर्दा कानुनी रूपमा स्पष्ट गर्नुपर्ने आवश्यक ...
। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोगले बद्नियतपूर्ण ढंगले कांग्रेस कतै जित्छ कि, कतै पहिलो पार्टी हुन्छ कि भनेर चुनावका मुखमा झगडा लगाइदियो,’ विश्वकर्माले भने, ...
। पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग ...
। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबीबीएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए । प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० ...