मुख्य समाचार
अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु

। अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ ।

अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गरेको र अस्पतालको ठूलो भाग ध्वस्त भएको बताएका छन् । उनका अनुसार आक्रमणमा हालसम्म कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका छन् । आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ ।

यसैगरी अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल तथा नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

पाकिस्तानको खण्डन

यद्यपि पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको बताएका छन् । अलजजिराका अनुसार पाकिस्तानले अफगानिस्तानको आरोपलाई ‘गलत र जनमत भ्रमित पार्ने प्रयास’ भनेको छ ।

पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा सोमबार अफगानिस्तानका काबुल र नंगरहार प्रान्तका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको उल्लेख छ । मन्त्रालयले आक्रमण अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा कुनै क्षति नपुग्ने गरी सञ्चालन गरिएको दाबी गरेको छ ।

सीएनएनका अनुसार स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले भग्नावशेषबीच आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको प्रयास तत्काल तीव्र पार्न आह्वान गरेको छ । परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ ।

पाकिस्तानले अफगानिस्तानले पाकिस्तानी तालिबानलगायत विभिन्न उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

दुवै देशबीचको तनाव फेब्रुअरी अन्त्यतिरबाट बढेको हो । अफगानिस्तानले पाकिस्तानले अफगान भूभागमा गरेको हवाई आक्रमणपछि सीमापार आक्रमण गरेको दाबी गरेको थियो । त्यसयता दुवै पक्षबीच लगातार झडप र हवाई आक्रमण भइरहेका छन् । पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’को अवस्था रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम