मुख्य समाचार
बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण
बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण

: बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरेर ड्रोन र रकेट आक्रमणको निशाना बनको हो।


इराकी सुरक्षा स्रोतहरूल यो आक्रमण सुरु भएदेखिको सबैभन्दा तीव्र आक्रमण भएको जनाएको छ। दूतावासले आक्रमण हुनुभन्दा करिब ६ घण्टा अगाडि नै इराकमा रहेका अमेरिकी नागरिकहरूलाई नयाँ सुरक्षा चेतावनी जारी गरेको थियो। चेतावनीमा भनिएको छ “इरान-सम्बद्ध आतंकवादी मिलिशियाहरूले बारम्बार बग्दादको अन्तर्राष्ट्रिय क्षेत्र” मा आक्रमण गरिरहेका छन्। इरान विरुद्ध इजरायल-अमेरिका युद्ध बढ्दै गएको बेला भएका आक्रमणहरूको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।


फेब्रुअरी २८ मा सुरु भएको युद्धको बदला लिन इरानी समर्थित मिलिशियाहरूले इराकमा अमेरिकी हितहरूमा आक्रमण गरिरहेका छन्। यस घटनाले इराकमा अमेरिकी उपस्थिति र इरान-सम्बद्ध समूहबीचको तनाव अझै बढिरहेको स्पष्ट देखाएको छ। इरान-समर्थित आतंकवादी मिलिशियाले मध्य बगदादमा रहेको अन्तर्राष्ट्रिय क्षेत्रमा बारम्बार आक्रमण गरेका छन्। इरान विरुद्ध इजरायल-अमेरिका युद्ध बढ्दै गएको बेला भएका आक्रमणहरूको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन। इराकी सुरक्षा बलहरू राजधानीका केही भागहरूमा तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम