मुख्य समाचार
लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने
लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने

— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ ।

ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास बिक्री–वितरण सुरु गरिएको छ । ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा छलफल भएको एक जना व्यवसायीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले खाना पकाउने ग्यास बिक्री–वितरण गर्दा ‘पहिला आउनेलाई पहिला सेवा’ प्रणाली लागू गर्ने निर्णय गरिएको बताए । उनका अनुसार ग्राहकको सबै विवरण अभिलेख राखेर व्यवसायीले ग्यास वितरण गर्ने र एउटै परिवारलाई एकपटकमा एउटामात्र सिलिन्डर दिने व्यवस्था गरिएको छ ।

त्यस्तै सुत्केरी वा गर्भवती महिला, अपांगता भएका व्यक्ति, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेको परिवार तथा भाडामा बस्ने विद्यार्थीलाई स्थानीय वडा कार्यालयको सिफारिसका आधारमा पहिलो प्राथमिकतामा ग्यास उपलब्ध गराउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।

उनका अनुसार ग्यास बिक्री–वितरणका क्रममा कालोबजारी, बढी मूल्यमा बिक्री तथा एकै परिवारले आवश्यकता भन्दा बढी ग्यास संकलन गर्ने गतिविधि रोक्न स्थानीय तहका वडा सदस्यलाई अनुगमनको जिम्मेवारी दिइनेछ । ग्यास बिक्री स्थलको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा मिलाउने निर्णय गरिएको छ ।

यसैगरी ग्यास डिपोहरूले आफूले खरिद गरेको र खुद्रा विक्रेतालाई उपलब्ध गराएको सिलिन्डरको विवरण सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । साथै ग्यास भित्रिने सूचना प्रहरी, प्रशासन र सम्बन्धित वडा कार्यालयलाई अग्रिम जानकारी गराउनुपर्नेछ । अग्रिम नाम टिपाएकालाई विक्रेतामार्फत नियमित ग्यास उपलब्ध गराइने र हालका लागि नयाँ सिलिन्डरको बिक्री–वितरण रोक्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...
— नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र त्यहीँका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको ...