मुख्य समाचार
नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ
नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ

— नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र त्यहीँका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको उनले बताए ।

यसैगरी, विभिन्न कम्पनीका मोबाइल छ थान, एनसेल, एनटिसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...