मुख्य समाचार
एनआरएनए विश्व सम्मेलनमा १२ बुँदे प्रतिबद्धता सार्वजनिक
एनआरएनए विश्व सम्मेलनमा १२ बुँदे प्रतिबद्धता सार्वजनिक

— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका पहललाई प्राथमिकता दिएको जनाएको छ ।

सम्मेलनले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्न तथा कानुनी सुधार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । रोजगारी सिर्जना, उद्यमशीलता विकास र भौतिक पूर्वाधार विस्तारमार्फत समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैगरी चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, बैंक खाता खोल्ने तथा लगानी फिर्ता लैजाने प्रक्रिया सहज बनाउन छुट्टै निकाय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसका लागि एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र मालपोतसम्बन्धी नियमावलीहरू संशोधन गर्न सम्मेलनले सरकारसँग अनुरोध गरेको छ ।

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ४५ प्रतिशत अविलम्ब कायम गर्न पनि सम्मेलनले माग गरेको छ।

सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरू संकटमा परे राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य सुदृढ बनाउने जनाएको छ ।

त्यसैगरी विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका पहल अघि बढाइने बताइएको छ ।

प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । साथै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गरिने सम्मेलनले जनाएको छ ।

प्रवासमा रहेका नेपाली समुदायमार्फत नेपाली भाषा, कला, संस्कृति, परम्परा र पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई थप सशक्त बनाउने पनि सम्मेलनको प्रतिबद्धता छ ।

विश्वभर रहेका नेपालीहरूको एकता, ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै ‘हाम्रो एकता, समृद्धिको आधार’ नारालाई व्यवहारमा उतार्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक संकल्प सम्मेलनले व्यक्त गरेको छ ।

एनआरएनएको १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी सरकारसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेको छ ।

साथै गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउँदै एकता, सहकार्य र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...