मुख्य समाचार
खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन
खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन

: खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो ।


मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या आएपछि नुवाकोटमा समेत अभाव भएको हो। विभिन्न सातवटा ग्यास डिपो,विक्रेता तथा पसलमा अनुगमन गरिएको सहायक प्रजिअ हुमागाइले बताए ।


उनले भने,' बजारमा ग्यास अभाव पाइयो,मौज्दात नगर्न भनेका छौं,धेरैजसोमा ग्यास अभाव रहेको र केहीले भने आएका ग्याका सिलिण्डर तत्काल उपभोक्तालाई विक्री गरेको समेत पाइएको छ । '

बट्टार,गंगटे,पिपलटारलगायतका स्थानमा ग्यास अनुगमन गरिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । अनुगमनका क्रममा बट्टार दम्कीस्थित ग्यास विक्रेता राजु वोगटीले आफ्नो डिपोमा दैनिकरुपमा ग्यास आयात भइरहेको र आफूले सरकारले तोकेकै आधारमा ग्यास दिने प्रतिवद्धता जनाए।

अनुगमनमा खाद्य प्रविधि कार्यालय,पशु सेवा कार्यालय, प्रहरी, उपभोक्ता हित संरक्षण मन्चलगायत सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । एलपी ग्यास र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । ग्यास अभाव हुनेगरी मौज्दात नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...