मुख्य समाचार
श्रम स्वीकृति नवीकरण प्रक्रियामा अवरोध नगर्न माग गर्दै मञ्चले सरकारसमक्ष राख्यो ४ बुँदे माग
श्रम स्वीकृति नवीकरण प्रक्रियामा अवरोध नगर्न माग गर्दै मञ्चले सरकारसमक्ष राख्यो ४ बुँदे माग

: प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको श्रम स्वीकृति नवीकरण प्रक्रियामा गरेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


मञ्चले सोमबार विज्ञप्ति जारी गरेर विदेशमा कार्यरत श्रमिकहरूको श्रम स्वीकृति नवीकरण प्रक्रियामा अवरोध हुँदा बीमा सुविधा तथा सामाजिक सुरक्षासम्बन्धी अधिकारहरू प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था सिर्जना भएको जनाएको छ।


विशेष गरी मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपाली श्रमिकहरू अहिले श्रम नवीकरण सम्बन्धी अनिश्चितताका कारण चिन्तित बनेका विज्ञप्तिमा उल्लेख छ। कमिटीका अध्यक्ष रमेश पाण्डे र सचिव चानक राज पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत ४ वटा प्रमुख माग राखिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको श्रम स्वीकृति नवीकरण प्रक्रिया कुनै पनि हालतमा रोक्न नहुने, मध्यपूर्व लगायत विभिन्न देशहरूमा कार्यरत नेपाली श्रमिकहरूको वास्तविक अवस्था बुझी आवश्यक समन्वय गर्दै खोजी-खोजी श्रम नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने कमिटीको माग छ।

श्रमिकहरूलाई बीमित भई सुरक्षित रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै उनीहरूको श्रम, सामाजिक सुरक्षा तथा बीमा सम्बन्धी अधिकारमा कुनै पनि प्रकारको बन्देज नलगाइने स्पष्ट नीति अवलम्बन गर्नुपर्ने र नयाँ श्रम स्वीकृति तत्काल दिन सम्भव नभए पनि पहिले नै विदेशमा रही काम गरिरहेका श्रमिकहरूको श्रम नवीकरण प्रक्रिया यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...